आज सुनको मूल्य ६०० रुपैयाँ घट्यो

काठमाडौं । नेपाली बजारमा (आज) शुक्रवार सुनको मूल्य ६०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघअनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार रुपैयाँ रहेको छ । बिहीबार ८९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै‚ आज तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ५५० कायम गरिएको छ। बिहीबार प्रतितोला ८९ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको मूल्य बिहीबारका तुलनामा शुक्रबार प्रतितोला पाँच रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला एक हजार १५५ रुपैयाँमा कारोबार भएकामा शुक्रबार एक हजार १६० रुपैयाँ तोकिएको हो ।

अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासंघले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔँस एक हजार ७५१ दशमलव ५५ अमेरिकी डलरमा कारोबार भइरहेको छ। जुन समय समयमा परिवर्तन भइरहन्छ ।

आज सुनको मूल्य ६०० रुपैयाँ घट्यो

महाधिवेशनलाई एकतावद्ध बनाउन अध्यक्ष ओलीको आग्रह

आज सुनको मूल्य ६०० रुपैयाँ घट्यो

६४ जिल्लामा शनिवारदेखि पालिका अधिवेशन गर्ने काँग्रेसको

Leave a comment

Your email address will not be published. Required fields are marked *