विश्कप छनोट : नेपाल(भूटान भिड्दै

काठमाडौं : आईसीसी महिला टी–ट्वेन्टी विश्वकपको एसिया छनोटमा नेपाल आज भुटानसँग भिड्दैछ ।

दुबईको आईसीसी एकेडेमी ग्राउण्डमा दिउँसो सवा ३ बजे हुने खेलमा नेपाली महिला टोलीले भुटानको सामना गर्न लागेको हो । टी–ट्वेन्टी महिला क्रिकेटमा नेपाल र भुटान अहिलेसम्म भिडेका छैनन् ।

हिजो भएको पहिलो खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको थियो। टी–ट्वेन्टी महिला विश्वकपको एसियाली छनोटअन्तर्गत अन्य खेलमा आज बिहान सवा ११ बजे युनाइटेड अरब इमिरेट्स र हङकङ भिड्दैछन्  ।

त्यस्तै दिउँसो सवा ३ बजे मलेसिया र कुवेतको महिला टोलीबीच प्रतिस्पर्धा हुनेछ । हिजोको खेलबाट हङकङ, युएई र भुटानले २–२ अंक जोडिसकेका छन् ।

विश्कप छनोट : नेपाल(भूटान भिड्दै

दाङको बबई नदीमा माछाका भुरा छाडियो

विश्कप छनोट : नेपाल(भूटान भिड्दै

सिन्धुपाल्चोकको हेलम्बुमा आगलागीबाट तीन बालकको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *