प्रधानन्यायाधीश पदमुक्त गर्न नेपाल बारले माग्यो सभामुखसँग सहयोग

काठमाडौं :  नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बहिर्गमनका लागि सहयोग गर्न आग्रह गर्दै सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेको छ ।

सोमबार सिंहदरबारस्थित संसद सचिवालयमा पुगेर नेपाल बारका पदाधिकारीहरुले जबरालाई पदमुक्त गर्न संसदले सहयोग गर्नुपर्ने बताएका हुन् । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराले सडकको दबाबका भरमा राजीनामा दिन्न भनेकाले आफूहरु सभामुखसमक्ष आएको बताए ।

महासचिव लीलालमणि पौडेलले प्रधानन्यायाधीश जबराले संसदीय सुनुवाइका क्रममा गरेका प्रतिवद्धता पूरा नगरेकाले उनलाई पदमुक्त गर्न संसदले सहयोग गर्नुपर्ने बताए । प्रधानन्यायाधीश जबराले संवैधानिक जिम्मेवारीलाई निजी सम्पत्तिसरह दुरुपयोग गरेको आरोप लगाए ।

जबरासँग संवैधानिक र कानुनी दायित्व पूरा गर्न सक्ने क्षमता नभएको पनि बारले आरोप लगाएको छ । प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनले झण्डै एक महिनादेखि सर्वोच्च अदालत परिसरमा धर्ना र प्रदर्शन गर्दै आएको छ ।

तर आफूहरुको पहलले मत्र जबराले राजीनामा नदिएको भन्दै बारले संसदको सहयोग खाजेको हो ।

प्रधानन्यायाधीश पदमुक्त गर्न नेपाल बारले माग्यो सभामुखसँग सहयोग

महिला टी–२० विश्व कप एसिया छनोटमा नेपाल

प्रधानन्यायाधीश पदमुक्त गर्न नेपाल बारले माग्यो सभामुखसँग सहयोग

कैलालीका बडुवाल हत्याका थप एक आरोपी पक्राउ

Leave a comment

Your email address will not be published. Required fields are marked *