प्रधानमन्त्री बन्‍न लालयित छैन, टाउकोमा आए भाग्‍दिनँ : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री बन्नकै लागि लालयित नभएको तर जिम्मेवारी आए पछि नहट्ने बताएका छन् ।

गिरिजाप्रसाद कोइरालाको ११ औँ स्मृति दिवसको अवसरमा कांग्रेस केन्द्रीय तरुण विभागको आयोजनामा चितवनमा भएको युवा तरुण जागरण अभियानलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

उनले भने, ‘प्रधानमन्त्री बन्न लालायित छैन टाउकोमा आयो भने भाग्ने वाला नि छैन ।’ कार्यक्रममा सभापति देउवाले जनता नै सबैभन्दा ठूला मालिक भएका र सम्पूर्ण फैसलाको अधिकार पनि उनीहरूसँगै भएको पनि स्पष्ट पारे ।

त्यसका लागि पार्टीको आन्तरिक मतभेदलाई त्यागेर कार्यकर्ताहरूलाई अघि बढ्न पनि सुझाव दिए। कांग्रेस मिलेर गएमा अबको चुनावमा कांग्रेसलाई दुईतिहाइ ल्याउन कसैले रोक्न नसक्ने पनि उनले दाबी गरे ।

कार्यक्रममा उनले पार्टीले जनताको मन जित्न कार्यकर्ताहरूलाई जनताको घर-घरमा पुग्न, सुखदुखमा साथ दिन तथा जनताको काम गर्न पनि अह्राए ।  नेता कार्यकर्ताले कम्तीमा पनि वर्षको तीनपटक जनताको घरमा जानुपर्ने अनि मात्र जनताले पार्टीलाई चुनावमा जिताउने उनले विश्वास व्‍यक्त गरे ।

प्रधानमन्त्री बन्‍न लालयित छैन, टाउकोमा आए भाग्‍दिनँ : देउवा

YUGAAWHAN NATIONAL DAILY (2077-12-07)

प्रधानमन्त्री बन्‍न लालयित छैन, टाउकोमा आए भाग्‍दिनँ : देउवा

प्रधानमन्त्रीकी छोरी स्कुल जान छाडिन, घरको अवस्था

Leave a comment

Your email address will not be published. Required fields are marked *