२०८३ आश्विन १७ गते
×

Now Playing

अफगानिस्तानबाट भागेका राष्ट्रपति घानी युएईमा भेटिए

एजेन्सी : अफगानिस्तानमा तालिबानले नियन्त्रण लिएपछि भागेका राष्ट्रपति अशरफ घानी संयुक्त अरब इमिरेट्स (यूएई) पुगेका छन्।

यूएईको विदेश मन्त्रालयले एक वक्तव्य जारी गर्दै मानवीयताको आधारमा राष्ट्रपति धानी र उनको परिवारलाई देशमा शरण दिएको बताएको छ।

गत आइतबार काबुलमा तालिबान लडाकुहरुले कब्जा गर्दै गर्दा उनी देश छाडेर भागेका थिए। अमेरिकाले उनको यो कदमको चर्को आलोचना गरेको थियो। अफगान सरकारले सही कदम उठाएको भए काबुलमा तालिबानले यसरी कब्जा गर्न नसक्ने अमेरिकाको आरोप थियो।

ताजिकिस्तानमा अफगानिस्तानका राजदूत मोहम्मद जहीर अगबरले गनीले देश छाड्दा लगभग १६ दशमलव ९ करोड डलर आफूसँगै लिएर भागेको दाबी गरेका थिए। उनले गनीले आफ्नो देश र जनतासँग विश्वासघात गरेको बताएका थिए।

अफगानिस्तानबाट भागेका राष्ट्रपति घानी युएईमा भेटिए

टी-२० विश्वकप खेल्न अस्ट्रेलियन टीम घोषणा

अफगानिस्तानबाट भागेका राष्ट्रपति घानी युएईमा भेटिए

अफगान महिलाको अधिकारप्रति पश्चिमाहरू चिन्तित

Leave a comment

Your email address will not be published. Required fields are marked *