टी-२० विश्वकप खेल्न अस्ट्रेलियन टीम घोषणा

काठमाडौं : आगामी १७ अक्टोबरदेखि शुरू हुने टी-२० विश्वकपका लागि अस्ट्रेलियाले १५ सदस्यीय टीम घोषणा गरेको छ।

घोषित टीममा दायाँ हाते विकेटकिपर ब्याट्सम्यान जोश इङ्ग्लिसले पहिलो पटक मौका पाएका छन्। उनले बिग बासमा पर्थ स्करचर्सको लागि खेल्दै आएका छन्। साथै उनी इङ्ग्लिस घरेलु प्रतियोगिता टी-२० ब्लास्टका सर्वाधिक रनकर्ता समेत हुन्।

सफल मानिँदै आएको अस्ट्रेलिया टी-२० विश्वकपमा भने असफल रहँदै आएको छ। पहिलो पटक टी-२० विश्वकपको उपाधि उचाल्ने लक्ष्यमा रहेको अस्ट्रेलियाको कप्तानी आरोन फिन्चले गर्नेछन्। जहाँ स्टार खेलाडीहरू स्टिभ स्मिथ, डेभिड वार्नर, ग्लेन म्याक्सवेल र प्याट कमिन्सले टीममा पुनरागमन गरेका छन्।

त्यस्तै, डेथ ओभर स्पेसलिस्ट मानिने नाथन इलियास, अलराउण्डर ड्यान क्रिस्चियन र ड्यानियल स्याम्स रिजर्भ खेलाडीको रुपमा यूएई जाने छन्।
बंगलादेशसँग लगातार पाँचौ टी-२० अन्तराष्ट्रिय सिरिज हारेपछि अस्ट्रेलियाको टीममा व्यापक परिवर्तन गरिएको हो।

विश्वकपमा अस्ट्रेलियाले इङ्ल्याण्ड, दक्षिण अफ्रिका र वेस्टइन्डिजसँग समूह-१ मा रहेर प्रतिष्पर्धा गर्नेछ। जहाँ पहिलो चरणपछि थप दुई टीम समूहमा जोडिने छन्।

पहिलो खेलमा अस्ट्रेलिया २३ अक्टोबरमा दक्षिण अफ्रिकासँग प्रतिष्पर्धा गर्नेछ। यस अघि न्यूजिल्याण्डले पनि टी-२० विश्वकपको लागि टोलीको घोषणा गरिसकेको छ।

अस्ट्रेलियन टीमः

टीममा आरोन फिन्च (कप्तान), एस्टन एगर, प्याट कमिन्स, जोस हेजलवुड, जोश इङ्ग्लिस, मिचेल मार्श, ग्लेन म्याक्सवेल, केन रिचर्डसन, स्टिभ स्मिथ, मिचेल स्टार्क, मार्कस स्टोइनिस, मिचेल स्वेपसन, म्याथु वेड, डेभिड वार्नर, एडम जाम्पा रहेका छन्।

त्यस्तै, रिजर्भ खेलाडीमा नाथन इलियास, ड्यान क्रिस्चियन र ड्यानियल स्याम्सन छनोटमा परेका छन्‌।

टी-२० विश्वकप खेल्न अस्ट्रेलियन टीम घोषणा

लाइन विस्तार लागि थालियो ‘फाउण्डेशन’ निर्माणको काम

टी-२० विश्वकप खेल्न अस्ट्रेलियन टीम घोषणा

अफगानिस्तानबाट भागेका राष्ट्रपति घानी युएईमा भेटिए

Leave a comment

Your email address will not be published. Required fields are marked *