अफगानिस्तानको टिभी च्यानलमा महिलाले लिइन् तालिबानको सदस्यसँग अन्तरवार्ता

एजेन्सी । अफगानिस्तान तालिबानको नियन्त्रणमा आएपछि महिलाहरू सार्वजनिक स्थानमा आउन कठिन हुने आँकलनकाबीच एक टिभी च्यानल टोलो न्युजमा महिला प्रस्तोताले तालिबानका सदस्यको अन्तरवार्ता लिएकी छिन्।

तालिबानले आइतबार काबुल कब्जा गरेपछि त्यहाँका सबै टेलिभिजन च्यानलहरूमा महिलाहरूको उपस्थिति लगभग बन्द गरिएको थियो। अफगानिस्तानको सरकारी टेलिभिजन च्यानलमा देखिएको उक्त तस्वीरमा एक पुरुष तालिबानी झण्डाको सामुन्ने बसेका थिए।

मंगलबार टोलो न्युजका प्रमुख मिराका पोपालले एउटा ट्वीट शेयर गरेका छन्। जसमा एक महिला प्रस्तुतकर्ताले स्टुडियोमा तालिबानको मिडिया टोलीका एक सदस्यको प्रत्यक्ष अन्तरवार्ता लिइरहेकी छिन्।

त्यसपछि उनले अर्को तस्वीर शेयर गरेका छन्। जसमा हिजाब लगाएको महिला समाचार कक्षमा बिहान सबेरै बैठक गरिरहेको देखिएको छ।

अफगानिस्तानको टिभी च्यानलमा महिलाले लिइन् तालिबानको सदस्यसँग अन्तरवार्ता

नेपालले महिला एसिया कप छनोटको पहिलो खेल

Leave a comment

Your email address will not be published. Required fields are marked *