नेपालले महिला एसिया कप छनोटको पहिलो खेल फिलिपिन्ससँग खेल्ने

काठमाडौं : राष्ट्रिय महिला फुटबल टlमले आगामी वर्ष हुने एसियन कपका लागि हुने छनोट खेलको उद्घाटनमा फिलिपिन्सको सामना गर्दे छ।

अखिल नेपाल फुटबल संघका अनुसार समूह एफमा रहेको नेपालले सेप्टेम्बर १८ मा फिलिपिन्ससँग पहिलो खेल खेल्नेछ। दोस्रो खेल सेप्टेम्बर २१ मा हङकङसँग खेल्ने छ।

छनोटका सबै खेल उज्वेकिस्तानको जेएआर स्टेडियममा हुनेछ। अंक तालिकाको शीर्ष स्थानमा रहने टिमले आगामी वर्ष भारतमा हुने एसियन कपमा प्रतिस्पर्धा गर्ने छन्। एसियन कप २०२२ जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ।

छनोट प्रतियोगिताको तयारीका लागि महिला टिम अहिले मुख्य प्रशिक्षक ग्यारी फिलिप्सको बन्द प्रशिक्षणमा रहेको छ। बन्द प्रशिक्षणमा २८ खेलाडी रहेका छन्।

बन्द प्रशिक्षणमा रहेका खेलाडी

बन्द प्रशिक्षणमा अन्जना राना मगर, एन्जिला सुब्बा, उषा नाथ, अमिशा कार्की, अमृता जैशी, अनिता बस्नेत, अनिता केसी, अन्जली वाइबा, विमला विक र विमला चौधरी रहेका छन्।

यस्तै‚ दीपा राई, गीता राना, हिमा चौधरी, हिरा भुजेल, इन्द्र राई, मनिषा राउत, मन्जली थोकर, निशा थोकर, प्रीति राई, पूजा राना, पुनम जर्गा मगर, रजनी थोकर, रश्मी घिसिङ, रेनुका नगरकोटी, सबिता राना, सरु लिम्बु, शर्मिला थापा र सिर्जना सिंह बन्द प्रशिक्षणमा रहेका छन्।

नेपालले महिला एसिया कप छनोटको पहिलो खेल फिलिपिन्ससँग खेल्ने

जर्मन सुपर कपको उपाधि बायर्नले जित्यो

Leave a comment

Your email address will not be published. Required fields are marked *