जर्मन सुपर कपको उपाधि बायर्नले जित्यो

एजेन्सी : बायर्न म्युनिखले जर्मन सुपर कपको उपाधि जितेको छ। गएराति सम्पन्न सुपर कपको फाइनलमा बायर्नले बोरुसिया डोर्टमण्डलाई ३-१ गोल अन्तरले पराजित गरेको हो।
बायर्नको जितमा रोबेर्ट लेवानडोस्कीले दुई गोल गरेका थिए भने थोमस मुलरले एक गोल गरे। त्यस्तै डोर्टमण्डका लागि एक गोल मार्को रेअसले गरे।
जर्मनीको बुण्डेसलिगा र डिएफबी पोकलको विजेताबीच हुने यस डिएफएल सुपर कपमा बायर्नले डोर्टमण्डलाई लगातार तेस्रो पटक सुपर कपमा पराजित गरेको हो।
बायर्नले सुपर कपको उपाधि भने योसहित ९ पटक जितेको छ।






