कर्णालीको विकासको अवरोध भनेकै यामलाल कँडेल : थापा

सुर्खेत । कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका नेकपा एमाले माधव नेपाल समूहका नेता अम्मरबहादुर थापाले कर्णालीको विकासको अवरोध भनेकै यामलाल कँडेल भनेर टिप्पणी गरेका छन् ।

यामलाल कँडेलकै कारण तत्कालीन नेकपाको राजनीति सङ्कटमा परेको भन्दै यस्तो टिप्पणी गरेका हुन् । मंगलबार एमाले जिल्ला कमिटी सुर्खेतको पूर्ण बैठकमा उनले भने, ‘यामलाल कँडेलकै आपराधिक चरित्रका कारण हामीले ‘फ्लोर क्रस’ गरेको हौँ।’

माधव नेपाल ज्युको ‘गो अहेड’ भनेर फोन गर्नुभयो । उहाँको निर्देशनलाई पालना गरिएको हो ,’उनले भने ,‘ कँडेलले बैठकमा हामीलाई महेन्द्रबहादुर शाहीलाई भोट दिएको खण्डमा हात काटिन्छ भनेर थर्काउनुभयो । हामीले हाल्यौँ त, कसैको तागत छ हात खुट्टा भाँच्ने ?’

उनले आक्रोशित हुँदै भने,’ आपराधिक चरित्र भएकालाई मैले समर्थन गर्ने ? अहँ हुनै सक्दैन । अब, कर्णालीमा ओली समूहलाई धुलो चटाउँछौँ। हुन त मेरो कार्यकाल धेरै लामो छैन,’थापाले भने,‘ आफ्नो समयावधिसम्म प्रतिफल आउने गरी काम गर्छु। शनिबार पनि जनताका बीचमा गएर जनताका भावना बुझ्ने प्रयास गरिरहेको छु।’ राताेपाटी

कर्णालीको विकासको अवरोध भनेकै यामलाल कँडेल : थापा

कार्टुन

कर्णालीको विकासको अवरोध भनेकै यामलाल कँडेल : थापा

जर्मन सुपर कपको उपाधि बायर्नले जित्यो

Leave a comment

Your email address will not be published. Required fields are marked *