पिएसजीको शानदार सुरुवात, मेस्सीले खेल्न पाएनन्

एजेन्सी : फ्रेन्च लिग वानमा पिएसजीले शानदार शुरुवात गरेको छ। गएराति सम्पन्न लिग वानको आफ्नो पहिलो खेलमा पिएसजीले स्ट्रासबर्गलाई ४-२ गोल अन्तरले हराउँदै गर्दै नयाँ सिजनको शानदार शुरुवात गरेको हो।

पिएसजीको जीतमा माउरो इकार्डी, किलियन एम्बाप्पे, जुलियन ड्राक्सलर र पाब्लो सर्बियाले एक एक गोल गरेका थिए।

त्यस्तै स्ट्रासबर्गका लागि केभिन गामेरियो र लुडोभिक अजोरक्यूले एक एक गोल गरेका थिए। खेलको ८१औ मिनेटमा स्ट्रासबर्गका अलेक्जेन्डर डिजिकूले रातो कार्ड पाएपछि १० खेलाडीमा सिमित भएको थियो।

पिएसजीले अब अर्को खेल अगस्त २१ मा ब्रेस्टविरुद्ध खेल्ने छ। केहि दिन अघि पिएसजीमा गएका लियोनेल मेस्सीले भने खेल्न पाएनन्। पिएसजीमा मेसीको डेब्यू लागि अझै केहि साता पर्खिनुपर्ने भएको छ।

पिएसजीको शानदार सुरुवात, मेस्सीले खेल्न पाएनन्

प्रिमियर लिग : चेल्सी र लिभरपुलको उत्कृष्ट

पिएसजीको शानदार सुरुवात, मेस्सीले खेल्न पाएनन्

रुटको सानदार इनिङमा इंग्ल्यान्डलाई २७ रनको अग्रता

Leave a comment

Your email address will not be published. Required fields are marked *