२०८३ आश्विन १८ गते
×

Now Playing

प्रिमियर लिग : चेल्सी र लिभरपुलको उत्कृष्ट सुरुवात

काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले विजयी सुरुवात गरेको छ। गएराति भएको खेलमा क्रिस्टल प्यालेसलाई ३-० गोल अन्तरले पराजित गर्दै चेल्सीले नयाँ सिजनको सुखद सुरुवात गरेको हो।

घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन मार्कोस अलन्सो, क्रिस्टियन पुलिसिच र त्रिभो चालोबाहले एक एक गोल गरे।​ स्टामफोर्ड ब्रिजमा खेलको २७ औं मिनेटमा अलन्सोले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए। खेलको ४० औं मिनेटमा पुलिसिचले गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाए ।

त्यसपछि खेलको ५८ औं मिनेटमा चालोबाहले गोल गर्दै चेल्सीलाई ३-० को सहज जित दिलाए। जितसँगै चेल्सीले सिजनको पहिलो खेलमा महत्वपूर्ण तीन अंक जोडेको छ।

अर्को खेलमा लेष्टर सिटीले उल्भ्सलाई १-० गोल अन्तरले हरायो। यस्तै गएराति नै भएको खेलमा लिभरपुलले नर्विच सिटीलाई ३-० गोल अन्तरले पराजित गर्यो।

प्रिमियर लिग : चेल्सी र लिभरपुलको उत्कृष्ट सुरुवात

‘तालिबान सफल हुनुको मुख्य कडी हतियार कब्जा’

प्रिमियर लिग : चेल्सी र लिभरपुलको उत्कृष्ट सुरुवात

पिएसजीको शानदार सुरुवात, मेस्सीले खेल्न पाएनन्

Leave a comment

Your email address will not be published. Required fields are marked *