यस्तो छ कर्णाली सरकारकाे आर्थिक वर्ष २०७८–०७९ बजेट [पूर्ण पाठसहित]

सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७८–०७९ का लागि कुल बजेट ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजारको बजेट सार्वजनिक गरेको छ।

मंगलबार प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले बजेट सार्वजनिक गरेका हुन् । जसमध्ये पूँजीगत खर्चतर्फ २१ अर्ब ६५ करोड ३९ लाख १३ हजार, चालु खर्च ११ अर्ब ४९ करोड २७ लाख ७० हजार र वित्तीय हस्तान्तरण तर्फ ३ अर्ब ३९ करोड ९९ लाख ५३ हजार छ। बजेटको ५९ प्रतिशत बजेट विकास निर्माणमा छुट्याएको छ।

पूर्वाधार विकासमध्ये पनि स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखिएको छ। जसमा अत्यावश्यक जनशक्ति, सुरक्षा सामग्री, मेलसिन औजार, औषिध, प्रयोगशाला र अक्सिजन सहज आपूर्ति जस्ता योजनाहरुमा बजेट केन्द्रित छ।

प्रदेश राजधानी सुर्खेतमा उच्च क्षमताको अक्सिजना प्लान्ट, सबै जिल्ला अस्पतालहरुमा मिनी अक्सिजन, जसका लागि प्रदेश अस्पताल सुर्खेतलाई ५०० शैया, डोल्पा, मुगु र हुम्ला जिल्ला अस्पताललाई ५० शैया, दैलेख, जाजरकोट, रुकुमपश्चिम र सल्यान अस्पताललाई १०० शैयाको रुपमा स्तरोन्नति गरिने मन्त्री शर्माले बताए।

कोराना महामारी नियन्त्रणमा खटिने सम्पूर्ण स्वास्थ्यकर्मीहरुलाई तलवको शतप्रतिशत जोखिम भक्ता, सबै नागरिकलाई कोरानाबिरुद्धको खोप लगाउने लगायतको योजनाहरु छन्।

file:///C:/Users/DELL/Downloads/Budget-Announcement-2078.pdffile:///C:/Users/DELL/Downloads/Budget-Announcement-2078.pdf

यस्तो छ कर्णाली सरकारकाे आर्थिक वर्ष २०७८–०७९ बजेट [पूर्ण पाठसहित]

कर्णालीका उत्कृष्ट किसानलाई सुनको हलो अंकित तक्मा

यस्तो छ कर्णाली सरकारकाे आर्थिक वर्ष २०७८–०७९ बजेट [पूर्ण पाठसहित]

पुरा होला प्रकृतिको बलिउडमा काम गर्ने सपना

Leave a comment

Your email address will not be published. Required fields are marked *