२०८२ बैशाख १७ गते
×

Now Playing

भागिरथिको न्यायको लागि छिन्चुमा प्रदर्शन

सिपी कार्की
भेरीगंगा, ३ फागुन ।
बैतडीको दोगडकादार गाउँपालिका वडा नम्बर ७ चडेपानीकी १७ वर्षीया किशोरी भागिरथि भट्टको न्यायको निम्ति सुर्खेतको छिन्चुमा पनि प्रदर्शन गरिएको छ । जनताको त्याग तपस्याबाट प्राप्त संविधानको धज्जी उडाउदै तानाशाह शैलीमा अगाडी बढेको सरकारलाई ध्यानाकर्षण गराउने निर्मला र भागिरथी बलात्कार पछि मृत चेलिको न्यायको निम्ति सरकारलाई दबाब सिर्जना गर्ने उद्देशले भेरीगंगा जेसिजको आयोजना WEEDS को समन्वयमा विराेध प्रदर्शन गरिएकाे थियाे ।

बिरोध प्रदर्शनम  भेरीगंगाका उप–प्रमुख रेणु आचार्यको पनि सहभागीता रहेको थियो । बैतडीमा बलात्कार गरि हत्या गरिएकी १७ बर्षिय किशोरी भागिरथी भट्टको न्यायको लागी, दोषीलाई छिटोभन्दा छिटो कारबाही गरियोस्, निर्मला पन्तको जस्तो हविगत नबनाइयोस भनेर, निधारमा कालोपट्टी, मुखमा मास्क लगाएर बलात्कारिलाई फाँसी दे, पीडितलाई न्याय दे, महिला हिँसा तथा यौन दुर्ववहार बन्द गर, शान्ति सुरक्षा कायम गर, भागिरथी निर्मला कहाँ गयो हत्यारा, एक बलात्कारी जोगिदा हजारौं बलात्कारी जोगिन्छन ।

निर्मला भागिरथिको बलत्कारी खोइ, न्याय खोज्न कहाँ जाउ गोर्खा जाउ कि स्वर्ग, बलात्कारीलाई राजनीति संरक्षण बन्द गर, संविधानको एउटा पाना गासी दे बलात्कारिलाई फाँसी दे जस्ता नारा लेखिएका पम्पेलेट समाएर बिरोध गरिएको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *