‘बोल्ड सिन’ दिएकी राधिका आप्टेलाई बहिस्कार गर्न ट्वीटरमा अभियान

एजेन्सी । बलिउड अभिनेत्री राधिका आप्टे फिल्म उद्योगमा प्रायः ‘बोल्ड’ फोटो, भिडियोको कारण चर्चामा छिन् । उनले बोल्ड सिन मात्र होइन भूमिका पनि फरक–फरक निभाउने गर्छिन् ।

उनले ‘अंधाधुन’, ‘पाच्र्ड’, ‘पैडमैन’, ‘मांझीः द माउंटेन मैन’, ‘बदलापुर’, ‘सेक्रेड गेम्स’ जस्ता चर्चित फिल्ममा काम गरिसकेकी छन् । जसमा उनको भूमिका दमदार रहेको थियो ।

फिल्ममा दमदार अभिनय गरेकी राधिकालाई पछिल्लो समय भने राज कुन्द्राको पोनोग्राफी प्रकरणमा समेत जोडेर चर्चा गर्न थालिएको छ । उनलाई अश्लीलता फैलाएको आरोपमा ट्विटरमा बहिस्कार अभियान थालिएको छ ।

शुक्रबार ट्विटरमा राधिका आप्टेलाई ‘बायकट’ गर्नुपर्ने माग गरिएको छ । जसमा करिब २४ हजारले राधिकालाई ट्विटरमा ‘#BoycottRadhikaApte’ मा ट्वीट​ गरिसकेका छन् ।

सुरुमा एक ट्विटर प्रयोगकर्ताले बोल्ड सीन सेयर गर्दै ‘यी अभिनेत्रीको फिल्म र फोटो यति धेरै बोल्ड छ कि कतै पनि सेयर गर्न सकिदैन । यसले अश्लीलता फैलाउँछ । देशका लागि यसलाई बायकट गर्नुस् ।’ त्यसमा नै अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘यो भारतीय संस्कारको विरुद्ध हो । यसलाई बायकट गर्नुस् ।’

‘बोल्ड सिन’ दिएकी राधिका आप्टेलाई बहिस्कार गर्न ट्वीटरमा अभियान

‘जिरो फिगर’ बिग्रिने डरले सरोगेसीबाट बच्चा जन्माउन

‘बोल्ड सिन’ दिएकी राधिका आप्टेलाई बहिस्कार गर्न ट्वीटरमा अभियान

जोनी लीभर : गरिबीका कारण ७ कक्षामा

Leave a comment

Your email address will not be published. Required fields are marked *