पारा भेटेरिनरी एण्ड लाइभस्टक एशोसियसनको जिल्ला भेलाबाट नयाँ कार्यसमिति गठन प्रचण्ड

खत्री र रुकुम पश्चिम : शिवराज महताराको अध्यक्षतामा पारा भेटेरिनरी एण्ड लाइभस्टक एशोसियसन रुकुम पश्चिमको कार्यसमिति बनेको छ । आज भएको १० औं जिल्ला अधिवेशनले महताराको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।
जसको उपाध्यक्षमा रुपा पुन, सचिव गोपाल ओली र कोषाध्यक्षमा बिष्णुकुमारी खड्का मगर चयन भएका छन । सदस्यहरुमा भोपेन्द्र मल्ल, इन्दु केसी, गीता बोहरा, रमिता पुन, शेरबहादुर ओली, प्रेमबहादुर राना र प्रेमप्रकाश ओली रहेका छन । पशु अस्पताल तथा पशु सेवा कार्यालय मुसीकोट नगरपालिका १ सल्लेमा अधिवेशन भएको थियो ।






