स्वास्थ्यकर्मीलाई दैनिक पाँच सय भत्ता

कालिकोट ।  कालिकोटको पलाँता गाउँपालिका विपद् व्यवस्थापन समितिले कोभिड १९ संक्रमणको लक्षण भएकाहरुलाई घरमै पुगेर एन्टिजेन परिक्षण गर्ने भएको छ ।

स्थानीय राजनीतिक दल सहितको सहभागीतामा सोमबार बसेको गाउँपालिका विपद् व्यवस्थापन समितिको बैठकले कोभिड रोकथाममा सहयोग पुर्याईरहेका स्वास्थ्य कर्मीहरुलाइ प्रोत्साहन स्वरुप दैनिक पाँच सय रुपैयाँको खाना खर्च उपलब्ध गराउने निर्णय गरेको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताए ।

बैठकले कोभिड रोकथाम तथा उपचारका लागि उपसमिति समेत गठन गरेको छ । स्थानीय इन्द्र रोकायाको संयोजकत्वमा ९ सदस्यीय मानवीय उद्धार तथा व्यवस्थापन समिति, लोकेन्द्र बुढाको संयोजकत्वमा क्वारेन्टाइन तथा आइसोलेसन सेन्टर व्यवस्थापन समिति र धर्मराज बमको संयोजकत्वमा आवश्यक सामाग्री खरिद समिति गठन गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर बमले जानकारी दिए ।

बैठकले बाहिर जिल्लाबाट जितेगडासम्म, जितेगडादेखि घाटाचौर र गाउँपालिकाभित्र आवश्यक व्यवस्थापनका लागि तीन वटा गाडीको समेत व्यवस्थापन गरेको छ ।

स्वास्थ्यकर्मीलाई दैनिक पाँच सय भत्ता

पाटन नखुल्दै यार्सा चोरी

स्वास्थ्यकर्मीलाई दैनिक पाँच सय भत्ता

नेता चौलगाईंको पशुपति आर्यघाटमा अन्तेष्टि

Leave a comment

Your email address will not be published. Required fields are marked *