दैलेखमा बाढीले बगाउँदा ५० वर्षीय एक पुरुष बेपत्ता

दैलेख । बिहीबार परेको अविरल वर्षाका कारण आएको बाढीले बगाउँदा दैलेखमा एकजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा भैरवी गाउँपालिका–२ का ५० वर्षीय केशर बहादुर थापा रहेका छन् ।

धानको ब्‍याड राखी घर फर्किने बेला एक्कासि वर्षासँगै स्थानीय परिगार्ड खोलामा आएको बाढीले बगाउँदा उनी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठका अनुसार घटना भएको खबरपछि प्रहरी टोली घटनास्थलमा पुगेर बाढीले बेपत्ता पारेका केशरको खोजी कार्य भइरहेको बताए ।

दैलेखमा बाढीले बगाउँदा ५० वर्षीय एक पुरुष बेपत्ता

कार्टुन

दैलेखमा बाढीले बगाउँदा ५० वर्षीय एक पुरुष बेपत्ता

YUGAAWHAN NATIONAL DAILY (2078-02-27)

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds