जुम्लामा खाद्यान्न अभाव हुन नदिन २५ सय क्विन्टल चामल थप

जुम्ला । कोरोना माहामारीमा चामल अभाव हुन नदिन कोटा थप गरिएको छ । कोरोना संक्रमणको दोस्रो लहर सुरु भएकै बेला जुम्लामा खाद्यान्न अभाव भएपछि थप कोटा स्वीकृत गरिएको हो । जुम्लामा अनुदानको चामल अभाब भएको गुनासो बढेपछि खाद्य संस्थापन व्यापार कम्पनीको केन्द्रीय कार्यालयले धनगढीबाट चामल ढुवानी गर्ने गरी २५ सय कुन्टल चामल थप कोटा स्वीकृत गरिएको हो ।

जुम्लामा चामल अभावको गुनासो बढेपछि र केन्द्रीय कार्यालय, प्रदेश कार्यालयसँग समन्वय गरेपछि थप कोटा स्वीकृत गरेको खाद्य संस्थान व्यापार कम्पनी शाखा जुम्लाका प्रमुख तिलक सुनारले बताए । उनले भने, प्रक्रिया सवै पुरा भएको छ । अब १०/१५ दिनमै धनगढीबाट जुम्ला चामल आइपुग्छ ।

प्रमुख सुनारका अनुसार प्रदेश कार्यालयसँग थप ५ हजार र नेपालगज्ज, बर्दिया, राजापुरबाट एक÷एक हजार कुन्टल चामल माग गरेका छौँ । उनले थपे ,‘ कोटा स्वीकृत हुन बाँकी छ । माग गरिएका सवै कोटा स्वीकृत भएपछि आगामी आउने दसैतिहारमा पनि चामल अभाव हुने छैन ।

त्यस्तै जुम्लाका नागरिकलाई कोरोना माहामारीमा खाद्यको (चामल) लिन समस्या नहोस भन्नका लागी खाद्य संस्थान व्यापार कम्पनी जुम्ला शाखाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर नियमित रुपमा चामल विक्री गर्दै आएको छ ।

जुम्लाको वार्षिक चामल कोटा ५हजार ६ सय ५० क्विन्टल हो । प्रमुख सुनारले भेन, जसमध्ये ९ सय क्विन्टल डोल्पा सर्मी र काईगाउँ डिपो पठाउनु पर्दछ । ‘जुम्लाका लागि ४ हजार २ सय ५० क्विन्टल मात्रै बाँकी हुन्छ । यसले बर्षभरी चामल पुग्दैन । उनले भने, जुम्लाको जुम्लाकोट र धापा डिपोमा चामलको कोटा छुट्याएको छ ।

२ वटा डिपो गरी २ हजार क्विन्टल चामलको कोटा विनियोजित गरेको हो । तर, चामल ढुवानीकर्ताले समयमै ढुवानी नगर्दा समस्या भएको स्थानीय गुनासो गरेका छन । जुम्लामा झन्डै २० हजार घरधुरीको १ लाख बढी जनसंख्या रहेको छ । यहाँको उत्पादनले बढीमा ६ महिना मात्रै धान्ने गरेको कृषि कार्यालय जुम्लाको तथ्यांक छ । बाँकी ६ महिना खाद्य संस्थान र बजारको चामलले खाद्यान्न पूर्ति गरिँदै आएको पाइएको छ ।

जुम्लामा खाद्यान्न अभाव हुन नदिन २५ सय क्विन्टल चामल थप

सडक हस्तान्तरण गर्ने सेनाको तयारी

जुम्लामा खाद्यान्न अभाव हुन नदिन २५ सय क्विन्टल चामल थप

स्थानीय तहले खरिद गरेनन् कीट जिल्ला सदरमुकाममा

Leave a comment

Your email address will not be published. Required fields are marked *