सडक हस्तान्तरण गर्ने सेनाको तयारी

हुम्ला । नेपाली सेनाको विकास निर्माण दलको जिम्मामा रहेको कर्णाली करिडोरअन्तर्गत हुम्ला खण्डको निर्माण निर्धारित समयमै सम्पन्न भएपछि सेनाले आफ्नो जिम्माको सडक हस्तान्तरण तयारी गरेको छ । करिडोरको हुम्ला खण्डको ३९ किमी सडकको प्रारम्भिक कार्य सम्पन्न गरेपछि आफ्नो जिम्मेवारी समयमै सम्पन्न गरेर सडक विभागलाई हस्तान्तरण कार्यमा लागेको हो ।

कर्णाली करिडोरको हुम्ला खण्डको कवाडीदेखि सलीसल्लासम्म सेनाले सडक निर्माण सम्पन्न गरेको अदानचुली गाउँपालिकाका स्थानीय परबहादुर थापाले बताए । सेनाले सडक निर्माण सम्पन्न गरेको क्षेत्र मध्य कवाडीदेखि बालुकुनासम्मको २७ किमी क्षेत्रमा यातायात सञ्चालन भए पनि अहिले निर्माण सम्पन्न भएको बालुकुनाबाट सलीसल्लासम्मको १२ किमी सडकमा भने सेनाका बाहेक अन्य सार्वजनिक यातायात सञ्चालनमा अनुमति दिएको छैन ।

तर, सेना यो प्रक्रियामा अगाडि बढ्न भने लागेको छ । ०७५ साल जेठमा हुम्ला खण्डमा काम सुरु गरेको सेनाले ०७८ वैशाखमा सडक निर्माणको प्रारम्भिक कार्य सम्पन्न गरेको सेनाको खुलालु लैफु कवाडी हुँदै सलीसल्ला खण्डको विकास निर्माण दलका योजना प्रमुख मिलन कार्कीले जानकारी दिए । दुई वर्षमा हुम्ला खण्डको ३९ किमी सडकको निर्माण सम्पन्न गर्न सेना सफल भएको हो ।

कडा चट्टानी क्षेत्रमा सेनाले मेसिन, विस्फोट र कामदारबाट एकसाथ काम सुचारु गर्दै आएको थियो । अब उक्त खण्डको एक हजार घनमिटर क्षेत्रमा मात्र वाल लगाउने र ग्याबिन भर्ने कार्य बाँकी रहेको र त्यो पनि सेना र सर्वसाधारणले काम गरिरहेका छन् । कोरोना संक्रमणका कारण जिल्लामा निषेधाज्ञा जारी रहे पनि सेनाले बाँकी काम अन्तिम चरणमा पु¥याएको छ ।

अन्य भागको काम सम्पन्न गर्दा फागुनमा दुई किमी सलीसल्ला खण्डको चट्टानी भागमा काम बाँकी रहँदा सेनाको निर्माण दलले वैशाखमा सम्पन्न गर्ने जनाएको थियो । त्यसैगरी, सेनाले कालिकोटको खुलालबाट मेसिन लगाएर सडकमा रहँदै आएका अवरोध पन्छाउन थालेको छ । सबै काम एकसाथ सम्पन्न गर्ने काममा सेना लागेको छ । सेनाले पूर्वनिर्धारित समयअनुसार आफ्नो काम सम्पन्न गरेको र अब बाँकी सम्याउनेलगायत काम सम्पन्न गरेर एक महिनामा सडक विभागलाई हस्तान्तरण गरिने उनले बताए ।

सडक हस्तान्तरण गर्ने सेनाको तयारी

विपन्नलाई गाँस देऊ

सडक हस्तान्तरण गर्ने सेनाको तयारी

जुम्लामा खाद्यान्न अभाव हुन नदिन २५ सय

Leave a comment

Your email address will not be published. Required fields are marked *