गाउँपालिकाले ल्यायो अनिवार्य स्वास्थ्य बीमा योजना
कालिकोट, २९माघ । कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकाले अनिवार्य स्वास्थ्य बीमा योजना लागु गर्ने भएको छ । गाउँपालिकाका नागरिकलाई स्वास्थ्य सेवामा पहुँच पु¥याउने उद्देश्यले स्वास्थ्य बीमा योजना लागु गरेको हो । संविधानको धारा ३५ मा आधार भूत स्वास्थ्य सेवालाई नेपाली नागरिकको मौलिक हकका रुपमा स्थापित गरेकाले गाउँपालिकाको स्वास्थ्य बीमा योजना लागु गरेको गाउँपालिकाले जनाएको छ ।
मानव जीवनका लागि स्वास्थ्य नै पहिलो प्राथमिकताको विषय भएकाले नागरिकको उपचार नपाएर अकालमा ज्यान गुमाउन नपरोस् गाउँपालिकाले अनिवार्य स्वास्थ्य बीमा योजना ल्याएको गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाहीले बताए । बीमा योजनामा गाउँपालिकाका ९ वटै वडाका कर्मचारी र जनप्रतिनिधिबाहेक मध्यम गरिब र सामान्य गरिब परिवारका ५ जना सदस्यको बीमा रकम ३५ सय रुपैयाँका दरले गाउँपालिकाले नै स्वास्थ्य बीमा बोर्डलाई भुक्तानी गरिदिने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मीनबहादुर विष्टले जानकारी दिए । योजना कार्यान्वयन गर्न ५ फागुनभित्रै बीमा कार्यक्रम नागरिकसम्म पु¥याउने गाउँपालिकाले जनाएको छ ।