दिवस मनाइरहे पनि मानव अधिकारको अवस्था भने सन्तोषजनक छैनु

काठमाण्डौ : ७३ औँ ‘अन्तर्राष्ट्रिय मानव अधिकार दिवस’ विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । सन् १९४८ मा संयुक्त राष्ट्रसङ्घको महासभाले मानव अधिकार घोषणापत्र पारित गरेपछि विश्वभर हरेक वर्ष डिसेम्बर १० तारिखमा यो दिवस मनाउने गरिन्छ ।

मानव अधिकारको सम्मान र संरक्षणमा जोड दिँदै नेपालमा पनि चेतनामूलक कार्यक्रम गरेर यो दिवस मनाइने गरिएको छ । तर मानव अधिकारको अवस्था सन्तोषजनक नभएको अधिकारकर्मीहरूले बताउँदै आएका छन् ।

पीडितले सरल, सहज र सुरक्षित हुने गरी अझै न्याय पाउन सकेका छैनन् । अझै पनि जातीय विभेद, महिला हिंसा, बालविवाह, मानव बेचविखन तथा अमानवीय व्यवहार, छाउपडी जस्ता मानव अधिकार उल्लङ्घनका घटना भइरहेको पाइएको छ ।

आप्रवासी कामदारमाथि श्रम शोषण, यौन शोषण, सीमान्तकृत समुदाय, आदिवासी जनजाति, अपाङ्गता भएका व्यक्ति, दलित, महिलामा भएका असमानताका कारण संविधानप्रदत्त हक अझै सहज रुपमा नागरिकले उपभोग गर्न नसकेको राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ । तर सरकारले भने मानव अधिकार उल्लङ्घनका घटना दोहोरिन नदिन आर्थिक उन्नति, शिक्षा तथा चेतना अभिवृद्धिमा काम गरिरहेको दाबी गरेको छ ।

यसैबीच, लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान पनि आजदेखि सकिँदैछ।

दिवस मनाइरहे पनि मानव अधिकारको अवस्था भने सन्तोषजनक छैनु

कृषि तारा अवार्ड धादिङका न्यौपानेले जिते

दिवस मनाइरहे पनि मानव अधिकारको अवस्था भने सन्तोषजनक छैनु

ओमिक्रोन भेरियन्ट फैलिएसँगै खोपमा फेरि असमानता बढ्ने

Leave a comment

Your email address will not be published. Required fields are marked *