जोकोभिच फेञ्च ओपन टेनिसको सेमिफाइनलमा

एजेन्सी । इटलीका माटिउ बेरेट्टीनीलाई पराजित गर्दै नोभाक जोकोभिच फ्रेञ्च ओपन टेनिसको सेमिफाइनल प्रवेश गरेका छन् ।
जोकोभिचले गएरातिको खेलमा बेरेट्टीनीलाई ६–३, ६–२, ६–७ र ७–५ को सेटमा पराजित गरेका हुन्। अब जोकोभिचले सेमिफाइनलमा आफ्नो निकट प्रतिद्वन्द्वी राफेल नाडालसँग प्रतिस्पर्धा गर्नेछन् ।
जो १४ औं पटक रोनाल्ड ग्यारोजमा उपाधि जित्दै रेकर्ड बनाउन चाहन्छन् । अबको खेलमा यी दुई टेनिस स्टार ५८ औं पटक भेट हुन लागेका हुन्। उनीहरु मध्येको विजेताले अर्को सेमिफाइनलमा भिड्दै गरेका ग्रिक खेलाडी स्टेफानो सिसिपास र जर्मन अलेक्जेन्डर जेरेभको विजेतासँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।
यदि नाडालले उपाधि जितेमा उनी पुरुषतर्फ सर्वाधिक ग्राण्डस्लाम उपाधि जित्ने खेलाडीमा पर्नेछन् । नाडाल र रोजर फेडेररले सर्वाधिक समान २०–२० ग्राण्डस्लाम उपाधि जितेका छन् भने ३४ वर्षे जोकोभिचले १८ उपाधि जितेका छन् ।






