इमरान खानले भने : पश्चिमा देशमा इस्लामिकोफिया बढ्दै छ

क्यानाडामा पाकिस्तानी मुलका चार व्यक्तिको ट्रकले कुल्चेर ज्यान गुमाएपछि प्रधानमन्त्री इमरान खानले पश्चिमी देशहरूमा ‘इस्लामिकोफिया’ एकदम छिटो र खतरनाक रूपमा बढ्दै गएको बताएका छन् ।

प्रधानमन्त्री खानले उक्त घटनामा दुःख व्यक्त गरेका छन् । आइतबार आफ्ना मुलका नागरिकको मृत्यु भएपछि खानले उक्त घटनाको भर्त्सना गरेका छन्। उक्त घटनामा मृत्यु हुनेमा डाक्टर, उनकी श्रीमती, आमा र १५ वर्षीया छोरी छन्। ९ वर्षीय छोरो भने सुरक्षित छन् ।

क्यानडाको एक नागरिकलाई हत्याको आरोपमा पक्राउ गरिएको छ। घटना टोरन्टोबाट २०० किलोमिटर टाढा सिटी अफ लन्डनमा भएको हो। त्यहाँ मिश्रित जनसंख्या छ । जानकारीअनुसार यस क्षेत्रका प्रत्येक पाँचौं नागरिक गैर क्यानाडाली मूलका छन् । अरब देशका नागरिक र दक्षिण एसियाली मुलका नागरिक छन् ।

रातको ८ बजे पाकिस्तानी मूलका ती परिवार सडकमा हिँडिरहेका प्रहरीले बताएको छ । यसैबीच कालो रंगको मिनी ट्रकले उनीहरूलाई किचेको थियो। घटनामा संग्लन २० वर्षीय युवा प्रकाउ परेका छन्। उनको परिचय भने खुलाइएको छैन।

इमरान खानले भने : पश्चिमा देशमा इस्लामिकोफिया बढ्दै छ

जोकोभिच फेञ्च ओपन टेनिसको सेमिफाइनलमा

इमरान खानले भने : पश्चिमा देशमा इस्लामिकोफिया बढ्दै छ

मुम्बईमा आवासीय भवन भत्कियो, ११ जनाको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *