पुल सम्पन्न नहुँदै बल्क भत्कियो, ढिलासुस्तीले काम सञ्चालन हुन
दुर्गा विसी
सल्यान, २८ माघ ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा,१ नाम्रामा बन्दै गरको झोलङ्गे पुलको काम रोकिएको ११ महिना भयो तर सुचारु हुने छाँटकाँट देखिएको छैन । फाउण्डेसन र वालको काम पूरा भएको बाँकी कोभिडले गर्दा अबरुद्ध भएको निर्माण कम्पनीका प्रतिनि पुर्ण विष्टको भनाइ छ । केवुल, बोल्ट, लहरा र लठ्ठा आउन ढिलाइले काम रोकिएको जनाएको छ ।
सबै सामान वाहिरबाट ल्याउनुपर्ने भएकोले समस्या तेर्सिएको विष्टको भनाइ छ । सामान ल्याउने कुरामा भौतिक पुर्वाधार कार्यालय सल्यानले ताकेता समेत गरेको छ । उक्त सामान ल्याउनको कागजी प्रक्रियामा पुर्वाधारले निकायलाई पत्राचार समेत गरिसकेको छ । तर स्थानीयहरु भने भएको काम समेत गुणस्तर नभएको गुनासो गरिरहेका छन् ।
स्थानीय रामप्रसाद शर्माका अनुसार कम्पनीले समयमै सक्ने काममा निकै ढिलो सुस्ति गरिरहेको छ,कोभिडको वहाना वनाइ लामो समय देखि काम अल्झाइरहेको दुखेसो छ । भएको काम समेत सन्तोष जनक छैन । सिंचाई नहँुदा बल्कहरु भत्किन सुरु भएको छ । दुई करोड २५ लाख लागतमा एमसी शिव निर्मल जेभीले कामको जिम्मा लगेको थियोे ।
भेरी नदिमा पुल नहुदा त्यहाँका नागरिक बारपार गर्न अहिले पनि तावा प्रयोग गरिरहेका हुन्छन् । पुल बन्ने भएपछि हौसिएका नाम्राली भने पुलको कामले गति नलिँदा चिन्तित बनेका छन् । तर निर्माण कम्पनीका विष्टले भने कामकाजमा स्थानीयको सहयोग नपाएको गुनासोसमेत रहेको छ ।
सामान केही दिन भित्र आउने र १ हप्ता भित्रमा काम सञ्चालन गर्ने जनाएको छ । सल्यान भुभागबाट नाम्रा जानको लागि कच्ची सडक,भनेको समय सवारीसाधन नपाइने भएकोले यात्रामा सकस छ भने पुल बनेमा वजार र विद्यालय आवतजावतमा सहजता हुने स्थानीयको भनाई रहेको छ ।