मास्क नलगाउने ५० जनालाई कारबाही

सुर्खेत । सुर्खेतमा मास्क नलगाउने ५० जनालाई कारबाही गरिएको छ । आइतवार बजार अनुगमनका क्रममा मास्क लगाउन अटेर गर्नेलाई सय रुपियाँ जरिवना तिराइएको हो ।
मास्क लगाउन अटेर गरेपछि बाध्य भएर जरिवाना लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जनाए । मास्क लगाउन अटेर गर्नेलाई अव जरिवाना निरन्तर गरिने उनको भनाइ छ ।करिव एक सातासम्म मास्क लगाउन आग्रह गर्दै जनचेतना कार्यक्रम थालिएको थियो ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सुर्खेत उद्योग बाणिज्य संघ, यातायात व्यवसायी, गैरसरकारी संघसंस्थाहरुले कोरोनाबाट बच्नका लागि मास्क अनिवार्य लगाउन आग्रह गर्दै प्रचारात्मक कार्यक्रम गरेका थिए । मास्क लगाउन अनिवार्य गरेपनि सर्वसाधारणले अटेर गरेपछि जरिवाना तिराइएको हो ।






