कर्णाली नदी तर्न तुईनकै भर

हुम्ला २७ माघ राष्ट्रिय सडक सञ्जालसँग हालसम्म नजोडिएको हिमाली जिल्ला हुम्लामा स्थानीयलाई कर्णाली नदी तर्न तुईनकै बाध्यता रहेको छ । वर्षौदेखि स्थानीयले नदीमा भोलुङ्गे पुल बनाउन अनुरोध गर्दा पनि कतै सुनुवाइ नभएपछि तुइन तर्नु परेको हो। सर्केगार्ड गाउँपालिका वडा नम्बर ३ को उनापानी गाउँका स्थानीय हंश महताराले पुलको ब्यबस्था नहुँदा बर्षेनी तुईन तर्नु परि रहेको बताए । स्थानीइलाई हिउँदयाममा नदीको बहाब कम भएको कारण तर्न कम जोखिम भएपनि बर्खायाममा भने त्रासकाबिच तुइन तर्नु परि रहेको छ। उक्त गाउँका दुइ सय घरधुरीका बासिन्दा दाउरा, घाँसको लागि दैनिक रुपमा तुईन तर्ने गरेका छन् ।   

घाँस र दाउरा पनि तुईनमै तार्नु पर्ने भएको कारण धेरै भारी नदीमा खसेको छ । यता खार्पुनाथ गाउँपालिका वडा नम्बर ४ को माझा गाउँ स्थानीय हरि बहादुर सुनारले गाउँपालिकामा काम पर्दा तुईन तरेर जानु पर्ने बाध्यता नहटेको जानकारी गराए । उक्त स्थानमा तुईन बनाउने योजना भएपनि निर्माण कम्पनीले हालसम्म झोलुङ्गे पुल नबनाएको कारण स्थानीयलाई तुईन कै भर पर्नु बाध्यता रहेको उनले गुनासो गरे । उक्त तुईन तर्दा धेरै जना स्थानीयका हातमा चोट लागेको बताउदै केही महिना अगाडी एक जना स्थानीय तुईनबाट खसेर घाईते भएको उनले बताए ।

खार्पुनाथ शिबालयबाट गाउँपालिका केन्द्रमा जाँदा बाटो लामो पर्ने भएको कारण स्थानीय सबै तुईन नै तर्ने गर्छन् । त्यसैगरी खार्पुनाथ गाउँपालिकाकै वडा नम्बर २ बोक्चे गौडा क्षेत्रमा पनि तुईनबाटै स्थानीय आवत जावत गर्ने गरेका छन् । पुलको योजना परेपनि निर्माण नहुदा यसै आर्थिक वर्ष खार्पुनाथ गाउँपालिकाले कर्णाली नदी वारपार गर्न दुई स्थानमा सिमेन्टको पिलर सहितको तुईन निर्माण गरेको थियो । स्थानीयको ज्यान जोखिममा पर्ने भएको कारण तुईन निर्माण गर्नु परेको गाउँपालिका जनाएको छ । नेपाल सरकारले तुईन विस्थापन गर्ने भनेको भएपनि हुम्ला जिल्ला भरि कर्णाली नदी माथि आधा दर्जत तुईनहरु निर्माण भएका छन् ।

कर्णाली नदी तर्न तुईनकै भर

YUGAAWHAN NATIONAL DAILY (2077-10-27)

Leave a comment

Your email address will not be published. Required fields are marked *