कोरोना संक्रमण बढेपछि जापानका विभिन्न क्षेत्रमा आपतकाल घोषणा

एजेन्सी । कोरोना संक्रमण थप फैलिएपछि जापानका विभिन्न क्षेत्रमा आपतकाल घोषणा गरिएको छ।

जापान सरकारले टोकियो, ओसाका, ह्योगो र क्योटोमा ११ मे सम्म लगाइएको प्रतिबन्ध मे महिनाको अन्त्यसम्म लागू हुने निर्णय गरेको छ।

टोकियो ओलम्पिक हुन तीन महिना बाँकी रहँदा देशका विभिन्न क्षेत्रमा आपतकाल लागू गरिएको हो। यो अवस्थाले तोकिएको समयमा टोकियो ओलम्पिक हुने नहुने अझ बढी शंका उत्पन्न गराएको छ।

प्रधानमन्त्री योशीहिडे सुगाले आज आइची र फुकुओकामा पनि आपतकालीन अवस्था लागू गरिएको बताएका छन्‌। टोकियो ओलम्पिक आयोजक समितिका अध्यक्ष सिको हासिमोतोले देशको आपतकालीन अवस्थामा ओलम्पिक आइजना गर्न गाह्रो हुने बताएका छन्‌।

​​​जापानका प्रमुख शहरहरूमा कोरोना संक्रमणको दर उच्च रहेको छ भने अस्पतालहरूमा बिरामीहरूको चाप बढेको छ। अहिले बार, रेष्टुरेन्ट सिनेमाघर पार्लरहरू बन्द गरिएका छन्। टोकियो ओलम्पिकको सय दिनको काउन्टडाउन शुरू भएको छ। जुलाई २३ बाट ओलम्पिक शुरू गर्ने जापानको तयारी छ।

कोरोना महामारीकै कारण २०२० मा ओलम्पिक स्थगित गरी २०२१ जुलाईमा आयोजना गर्नेगरी सारिएको थियो। ओलम्पिक आयोजना भए २०० देशका १० हजार भन्दा बढी खेलाडीहरूले भाग लिनेछन्।

कोरोना संक्रमण बढेपछि जापानका विभिन्न क्षेत्रमा आपतकाल घोषणा

‘इरान आणविक सम्झौता’मा अमेरिका पुन: फर्कने संकेत

कोरोना संक्रमण बढेपछि जापानका विभिन्न क्षेत्रमा आपतकाल घोषणा

इजरायल र प्यालेस्टाइनबीच हिंसा पुन: भड्कियो, १६९

Leave a comment

Your email address will not be published. Required fields are marked *