संक्रमितको मृत्यु भएपछि भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि हातपात

नेपालगञ्ज । कोरोना संक्रमितको मृत्यु चिकित्सकको लापरबाहीले भएको भन्दै भेरी अस्पताल, नेपालगञ्जमा कार्यरत एकजना स्वास्थ्यकर्मीमाथि हातपात भएको छ।

भेरी अस्पतालको इमर्जेन्सी विभागमा कार्यरत हेल्थ असिस्टेन्ट पुपेन्द्र शाहीमाथि शुक्रबार बिहान हातपात भएको हो। चिकित्सकमाथि हातपात भएपछि अस्पताल प्रशासनले एक विज्ञप्ति जारी गर्दै निन्दा गरेको छ।

कोभिड -१९ संक्रमणको दोश्रो लहरबाट अत्याधिक प्रभावित भएका बेला अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरूको उच्च मनोवल बनाई कार्य गर्न आवश्यक वातावरण मिलाइदिन सम्बन्धित निकायसँग अस्पतालले आग्रह गरेको छ।

शुक्रबार बिहान ५:३० बजे तिर अपरिचित ३-४ जनाको समूहमा आएका अराजक व्यक्तिहरूबाट कोभिड वार्डमा मृत्यु भएको बिरामीको विषयलाई लिएर हातपात गरेको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

अस्पताल प्रशासनले घटनाको निष्पक्ष छानबिन गरी दोषीउपर कडा कानूनी कारबाही माग गरेको छ।

 

संक्रमितको मृत्यु भएपछि भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि हातपात

वीरेन्द्रनगरबाट लागु औषध सहित तीनजना पक्राउ

Leave a comment

Your email address will not be published. Required fields are marked *