प्रधानमन्त्री ओली फागुन १४ मा सुर्खेत आउँदै

सुर्खेत, २६ माघ ।
प्रधानमन्त्री एवम् नेपाल कम्युनष्टि पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली सुर्खेत आउने भएका छन् । पार्टीको कर्णाली प्रदेश कमिटिले आयोजना गर्ने प्रदेश स्तरीय जनसभालाई सम्बोधन गर्न उनी सुर्खेत आउन लागेका हुन् । आगामी फागुन १४ गते शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा जनसभा गर्ने र उक्त सभालाई पार्टी अध्यक्ष ओलीले सम्बोधन गर्ने टुंगो लागेको नेकपा कर्णाली प्रदेश कमिटिका सह–इन्चार्ज यामलाल कँडेलले जानकारी दिए ।

वीरेन्द्रनगरमा शक्ति प्रदर्नशनसहितको बृहत जनसभा गर्न लागिएको नेता कँडेलले बताए । उनका अनुसार सभामा प्रदेशका १० वटै जिल्लाबाट नेता तथा कार्यकर्ताहरु सहभागि हुनेछन् । सभास्थल बारे भने केही दिनमै टुंगो लाग्ने जनाइएको छ । सभालाई नेकपा सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा, नेकपा स्थायी कमिटी सदस्य, कर्णाली प्रदेश इन्चार्ज तथा खानेपानी मन्त्री मणीचन्द्र थापा, नेकपा केन्द्रीय कमिटी सदस्य तथा कर्णाली प्रदेश सहइन्चार्ज यामलाल कँडेललगायत नेताहरुले सम्बोधन गर्ने जनाइएको छ ।

प्रधानमन्त्री ओली फागुन १४ मा सुर्खेत आउँदै

अनि उनले प्रेमपत्र कोरे…

प्रधानमन्त्री ओली फागुन १४ मा सुर्खेत आउँदै

जागिरसँगै समाज सेवामा रमाउँदै बालकृष्ण

Leave a comment

Your email address will not be published. Required fields are marked *