प्रचण्ड, नेपाल र देउवाबीच बूढानीलकण्ठमा छलफल जारी

काठमाडौं । विपक्षी गठबन्धनका तीन शिर्ष नेताहरुबीच बूढानीलकण्ठमा भेटवार्ता जारी छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले नेता माधव नेपालबीच छलफल चलिरहेको छ ।

उनीहरुबीच प्रदेश–२ को मन्त्रिपरिषद् पुनर्गठन र प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि गरेको ६ बुँदे आह्वानको विषयबारे छलफल भइरहेको बूढानीलकण्ठ स्रोतले जनाएको छ ।

ओलीले पार्टी एकताका लागि देउवालाई प्रधानमन्त्री बनाउन मागसहित रिटमा प्रयोग भएको नेपाल समूहका सांसदको हस्ताक्षर फिर्ता लिने प्रस्ताव अघि सारेपछि उत्पन्न आशंका मेट्न गठबन्धनका नेताहरु छलफलमा जुटेको बुझिएको छ। प्रचण्ड र देउवाबीच आज मध्यान्हबाट छलफल जारी थियो ।

देउवाले नेपाललाई पनि छलफलका लागि बोलाएपछि नेपाल आफू पक्षीय स्थायी समिति बैठक सकेर देउवा निवास पुगेको बुझिएको छ। आज विहान प्रचण्ड र नेपालबीच पनि भेटवार्ता भएको थियो ।

प्रचण्ड, नेपाल र देउवाबीच बूढानीलकण्ठमा छलफल जारी

कोरोनाले ९२ जनाको मृत्यु, ४४ सय ७२

प्रचण्ड, नेपाल र देउवाबीच बूढानीलकण्ठमा छलफल जारी

दार्माको आइसोलेसन केन्द्र योग शिविर बन्यो

Leave a comment

Your email address will not be published. Required fields are marked *