जर्मनीमा बस्नेतको अध्यक्षतामा अन्तर्राष्ट्रिय नेपाली समाज गठन

जर्मनी । जर्मनीमा अन्तर्राष्ट्रिय नेपाली समाजको राष्ट्रिय कार्यसमिति गठन भएको छ । बुधबार भएको एक भर्चुअल कार्यक्रममार्फत विगत ८ वर्षदेखि जर्मनीमा बस्दै आएका सुमन बस्नेतको नेतृत्वमा कार्यसमिति गठन भएको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा विनोद ढकाल र उपाध्यक्षमा मुना कार्की र राधा गौतम चयन भएका छन । त्यसैगरी महासचिवमा विकास सुवेदी, सचिवमा प्रदीप परियार र अमृत लामिछाने चयन भएका छन् भने कोषाध्यक्षमा पशुपति तामाङ, सह–कोषाध्यक्षमा टीकाराम बस्याल चयन भएका छन ।

सदस्यहरुमा कृष्ण क्षेत्री, कपिल कार्की, मुनकुमारी गुरूङ, यादव क्षेत्री, रीना बुढ़ाथोकी, कमल अधिकारी, मुना पौडेल, उज्वल भण्डारी, कृष्ण ओली, सुवास पौडेल र सञ्जु तामाङ छन् । नवगठित कार्यसमितिको सल्लाहकारमा मोहनबहादुर कार्की, हुमनाथ ढकाल र भरत चलाउने चयन भएका छन् ।

कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली समाजका केन्द्रीय अध्यक्ष अर्जुन घिमिरेले समाजका उद्धेश्य तथा औचित्यबारे प्रस्ट्याउँदै सबैसँग सहकार्य गरी संसारभरका नेपालीको हित र विकासमा काम गर्न संस्थाको स्थापना गरिएको बताए । देश तथा विदेशका नेपालीलाई संगठित गर्दै नेपाल र नेपालीको हितमा काम गर्ने समाजको उद्धेश्य रहेको कार्यक्रममा जानकारी गराइएको थियो ।

कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली समाजकी महिला समिति अध्यक्ष डा. रेणुका सोलुले नेपाल र नेपालीको हित र विकासको लागि जो जहाँ छौं त्यहीँबाट योगदान गरौं भन्दै समाजले सही बाटो समातेर अघि बढेकोमा खुसी ब्यक्त गरिन् ।

कार्यक्रमका विशेष अतिथि कवि तथा राष्ट्रिय गीतका रचनाकार ब्याकुल माईला (प्रदीप कुमार राई) ले शुभकामना मन्तव्य राख्दै हरेक क्षेत्रमा नेतृत्व आफैं ’रोल मोडल’ भएर उत्रदा मात्र अपेक्षित नजिता हाँसिल हुने बताए । कार्यक्रममा गैरआवासीय नेपाली संघ जर्मनीका अध्यक्ष हरि न्यौपानेले अन्तराष्ट्रिय नेपाली समाजले संसारभरीका नेपालीलाई जोड्ने उदेश्यका साथ अभियान संचालन गरेकोमा खुस व्यक्त गर्दै सधैं साग सहयोग रहने प्रतिबद्धता जनाए ।

जर्मनीमा बस्नेतको अध्यक्षतामा अन्तर्राष्ट्रिय नेपाली समाज गठन

मलेसियाले नेपालीको यात्रालाई लगायो प्रतिबन्ध

जर्मनीमा बस्नेतको अध्यक्षतामा अन्तर्राष्ट्रिय नेपाली समाज गठन

श्रम स्वीकृति दिन स्थगित, अनलाइनबाट दिइने पुनःश्रम

Leave a comment

Your email address will not be published. Required fields are marked *