१६ जना पत्रकारलाई पुरस्कृत गर्दै सरकार

काठमाडौं : राष्ट्रिय पत्रकारिता दिवस तथा गोरखापत्रको स्थापना दिवसको अवसरमा पारेर सरकारले १६ जना पत्रकारलाई पुरस्कृत गरेको छ।

सरकारले पछिल्ला दुई वर्षको पत्रकारिता पुरस्कार शुक्रबार घोषणा गरेको हो। २०७६ सालतर्फ मरणोप्रान्त स्व. सुकदेव नेपाल (अग्निशिखा) र हर्ष सुब्बालाई प्रदान गरिएको छ।

दुई लाख पुरस्कार राशीको सो सम्मान वर्ष २०७७ का लागि रघु मैनाली र शार्दूल भट्टराईलाई प्रदान गरिएको छ।

पुरस्कार पाउने अन्यमा आठ जना २०७६ सालको र आठ जनाले २०७७ वर्षको पुरस्कार पाउन लागेका हुन्। त्यसैगरी १ लाख राशिको राष्ट्रिय पत्रकारिता पुरस्कार उजिर मगर, मातृका पौडेल, शेषराज दाहाल, संगीता खड्का, हेमन्त बहादुर बिक र शीतल साहलाई दिइने भएको छ ।

यस्तै दिलिप थापा मगर, दिपेन न्यौपाने, दुर्गाप्रसाद शर्मा, शुरोजंग पाण्डे, नीतु पण्डित र पुनम पौडेल पनि यो पुरस्कारबाट पुरस्कृत हुँदैछन्।

१६ जना पत्रकारलाई पुरस्कृत गर्दै सरकार

YUGAAWHAN NATIONAL DAILY (2078-01-24)

१६ जना पत्रकारलाई पुरस्कृत गर्दै सरकार

कार्टुन : खाेपमा पनि कमिसनकाे खेल

Leave a comment

Your email address will not be published. Required fields are marked *