२०८३ जेष्ठ ३० गते
×

Now Playing

‘इकुपिताङ’ लिएर आउँदै इकु

काठमाडौँ । बालबालिकादेखि बृद्धसम्म लोकप्रिय पात्र ‘इकु’ दर्शकले फेरि हेर्न पाउने भएका छन् । हाँस्य श्रृखंला ‘इकुपिताङ’ मार्फत ‘ईकु’लाई सानो पर्दामा देख्न पाउने भएका हुन् ।

‘इकु’को भुमिका निर्वाह गरेर चर्चित भएका कलाकार सुलेमान शंकर ‘इकु’ले श्रृखला ‘इकुपिताङ’ बनाएका हुन् । श्रृंखलाको कथा, निर्देशक समेत सुलेमानकै रहेको छ । ‘इकु’को भुमिकामा पनि उनी आफै देखिने छन् ।

श्रृखंलामा सुलेमानको अलवा श्याम राई, ज्याक गुरुङ, उत्तम केसी, राजु कमेडी, अमृता खनाल, आरती लामा, सचिन शर्मा, गणेश इशारा, मनिष खड्का, माया थामी, सिमरन मट्ट, सरोज ढकाल, मिलन शंकर, बालकलाकार कुसल लोहनी, दीपक थापामगर, सुमन मगर लगायतको अभिनय रहेको छ ।

योगेश उपाध्यायको संगीत र बिनय कार्कीको गीत श्रृखंलामा समेटिएको छ ।

हुन त केही अगाडि निर्देशक मरिचमान श्रेष्ठ र राजु पौडेलले आफ्नो श्रृखला ‘हल्का रमाइलो’को केही भागमा ‘इकु’लाई प्रस्तुत गरेका थिए । श्रृंखलामा केही भेराइटी दिन ‘इकु’ पात्र समेटिएको बताइएको ‘हल्ला रमाइलो’मा अहिले भने ‘इकु’को कथा सकिएको छ ।

ग्ल्योबल टिभी एचडि र एसएमएस फिल्मको निर्माण रहेको ‘इकुपिताङ’ ग्ल्योबल टिभी एचडिबाट आसारको दोस्रोसाताबाट प्रसारण हुनेछ । ‘मेरी मास्सै’पछि सुलेमानले ‘इकु’लाई फिल्ममा प्रस्तुत गर्दा समेत दर्शकले मन पराएका थिए ।

दर्शकले रुचाएको ‘इकु’ को भूमिकामा फेरि टेलिभिजनको पर्दामा देखिन लाग्दा निकै खुसी लागेको सुलेमानले बताए । ‘फेरि एक पटक ‘इकु’ टेलिभिजनको पर्दामा हेर्न पाए हुन्थ्यो भनेर देश विदेशका कार्यक्रममा जाँदा दर्शकले सँधै भन्नुहुन्थ्यो’ सुलेमानले भने, ‘दर्शकको चाहना अनुसार नै ‘इकुपिताङ’ निर्माण भएको छ ।’

‘पहिले बालबालिकालाई ‘इकु’ को बारेमा थाहा छ । तर अहिलेका बालबालिकालाई केही थाहा छैन’ सुलेमानले थपे ‘अहिलेको पुस्ता माझ पनि ‘इकु’ चरित्र जिवित राख्ने चाहना मेरो थियो । त्यसैले पनि ‘इकुपिताङ’ जन्मियो ।’ पहिले झै जंगली पात्रको रुपमा ‘इकु’लाई फरक ढंगले प्रस्तुत गरिने सुलेमानको भनाई रहेकोछ ।

राजु पौडेल र मदन महर्जनको छायाँकन र रविन बजगाईको सम्पादन रहेको श्रृखंला असार दोस्रो साताबाट प्रसारणमा आउँनेछ सुलेमानले बताए । श्रृखलाको प्रोमो अहिले सार्वजनिक गरिएको छ । जुन हेर्न निकै आर्कषक छ ।

‘इकुपिताङ’ लिएर आउँदै इकु

कारको ठक्करबाट ज्यान लिने सांसदका छोरा पक्राउ

‘इकुपिताङ’ लिएर आउँदै इकु

टिभी अभिनेता पर्ल वी बलात्कारको आरोपमा पक्राउ

Leave a comment

Your email address will not be published. Required fields are marked *