मंगलबार ९ सय ६८ जनामा संक्रमण, ११ सय १४ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर ९ सय ६८ जना कोरोना संक्रमित थपिएका छन, ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ४२ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा ९ सय ६८ जना संक्रमित थपिएका हुन्। आज ६ जना संक्रमितको मृत्यु भएको छ।
यस्तै, आज १ हजार १ सय १४ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर १६ हजार २ सय ४८ जना सक्रिय संक्रमित छन्।





