मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

धादिङ : धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर १ मा गएराति मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

दुर्घटनामा ज्यान गुमाउनेमा धुनिबेसी नगरपालिका वडा नम्बर १ की ५२ वर्षीया साइली तामाङ र ५५ वर्षीया रुमाल तामाङ रहेका जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी जागेश्वर भण्डारीले जानकारी दिनुभयो ।

दुर्घटनामा गम्भीर घाइते भएपछि उनीहरुलाई उपचारका लागि काठमाण्डौको स्वयम्भूमा रहेको मनमोहन मेमोरियल अस्पतालमा लगिएको थियो । उनीहरुको उपचारको क्रममा ज्यान गएको हो ।

कोल्पुबाट ककरेतर्फ जाँदै गरेको बा ४ ख ५८४८ नम्बरको मिनी ट्रक अनियन्त्रित भइ पल्टिएर दुर्घटनामा परेको थियो।  दुर्घटनामा अन्य सात जना घाइते भएका छन् । घाइतेहरुमध्ये दुई जनाको काठमाण्डौको ट्रमा सेन्टरमा र पाँच जनाको मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

टी–२० विश्व कप क्रिकेटमा आज दुई वटा

मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

मन्त्री खतिवडाद्धारा खोप केन्द्रको निरीक्षण

Leave a comment

Your email address will not be published. Required fields are marked *