अवैध बाटोबाट क्रियाशील सदस्यता नदिन आग्रह

सुर्खेत । नेपाली काँग्रेस वीरेन्द्रनगर नगरपालिकाका चार वटा वडा सभापतिहरुले प्रक्रिया विपरित अवैध बाटोबाट क्रियाशील सदस्यता नदिने काँग्रेस केन्द्रीय पदाधिकारीहरुलाई ध्यानाकर्षण गराएका छन् ।

वीरेन्द्रनगर नगरपालिकाको वडा नं. ३, ६, ८ र ११ का वडासभापतिहरु शेरबहादुर थापा, मोतीप्रसाद कँडेल, चन्द्रलाल आचार्य र भुवनेश्वर उपाध्यायले सोमवार संयुक्त हस्ताक्षर गरी महामन्त्री पूर्णबहादुर खड्कासहित पार्टीका शीर्ष नेतृत्वहरुलाई निवेदन दिएर ध्यानाकर्षण गराएका हुन् ।

निवेदनमा यी वडाहरुमा वडा समितिदेखि प्रक्रिया पूरा गरेर नयाँ क्रियाशील सदस्यता वितरणका लागि सिफारिस गरिएको तर पदाधिकारीलाई कम्फर्टेवल गराउने नाममा अखण्ड नेपाल पार्टी वा कुनै बहानामा सिधै क्रियाशील सदस्यता दिने प्रयास नगर्न ध्यानाकर्षण गराइएको छ ।

नयाँ क्रियाशील सदस्यताका सम्वन्धमा पार्टीको विधान अनुसार सवै प्रक्रिया पूरा गरी सिफारिस गरी पठाइएको जानकारी दिदैं निवेदनमा कुनै विवाद नै नभएको सुर्खेत जिल्लामा कृत्रिम विवाद खडा गरेर वडा नं. ३, ६, ८ र ११ का क्रियाशील सदस्यता रोक्का गरिएकोमा वडा सभापतिहरुले सो रोक्का फुकुवा गर्न माग गरेका छन् ।

सवै प्रक्रिया पूरा भएको हुँदा आफूहरु रोक्का गरिएको क्रियाशील सदस्यता फुकुवा हुनेमा पनि विश्वस्त रहेको जनाएका छन् । काँग्रेस महामन्त्री पूर्णबहादुर खड्कालाई सम्बोधन गरी पठाइएको निवेदन सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलालाई समेत बोधार्थ पठाइएको छ ।

आइतवार यी वडाका क्रियाशील सदस्यहरुले पनि हस्ताक्षर गरी पार्टी शीर्ष नेतृत्वलाई सम्बोधन गरी स्थगित गरिएको क्रियाशील सदस्यता फुकुवा गर्न माग गरेका थिए । काँग्रेसको विधान छानविन समितिले सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको वडा नं. ३, ६, ८ र ११ वडामा क्रियाशील सदस्यता विवाद देखाउँदै समाधानका लागि पार्टीको शीर्ष नेतृत्वलाई प्रतिवेदन पठाएको थियो ।

अवैध बाटोबाट क्रियाशील सदस्यता नदिन आग्रह

सुर्खेतमा १२ लाख मुल्यको अवैध सामग्री सहित

अवैध बाटोबाट क्रियाशील सदस्यता नदिन आग्रह

मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

Leave a comment

Your email address will not be published. Required fields are marked *