सुर्खेतमा १२ लाख मुल्यको अवैध सामग्री सहित तीन पक्राउ

सुर्खेत । सुर्खेत प्रहरीले झण्डै १२ लाख मुल्य बराबरको अवैध सामग्री झुम्का सुर्ती, सिमेन्ट र सरियासहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले उक्त अवैध सामग्री बबई र छिन्चुबाट नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाकाआधारमा बबईमा प्रहरीले कर्णाली प्रदेश ०२००१ ख ०३५१ नम्बरको ट्रकमा राजश्व छली ल्याएको पाच लाख ६८ हजार ३९९ रुपैयाका सिमेन्ट र सरिया नियन्त्रणमा लिएको छ । ट्रक चालक वीरेन्द्रनगर–७ बस्ने २८ वर्षीय धनदेव गिरीलाई समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता रामप्रसाद घर्तीले जानकारी दिए ।

उनकाअनुसार भेरीगंगा नगरपालिकाको छिन्चुबाट सात हजार २० पीस सुपरपावर झुम्का सुर्ती र दुई हजार ५२० पिस मेघाश्री पनि बरामद गरेको हो । यी सामानको अनुमानित मुल्य सात लाख ६६ हजार ८० रुपैयाँ रहेको प्रवत्ता घर्तीले जानकारी दिए ।

प्रहरीले भे १ ज ९४३ नम्बरको जीपसहित गुर्भाकोट–८ का २० वर्षीय खिमबहादुर विक चालक र वीरेन्द्रनगर–११ घर भएका ना ८ ख १३७ नम्बरका फोर्स चालक विष्णु भण्डारीलाई समेत पक्राउ गरिएको घर्तीले जानकारी दिए । उनले बरामद भएका अवैध सामग्री, सवारीसहित चालकलाई आवश्यक कारवाहीको लागि राजश्य अनुसन्धान कार्यालय कोहलपुर पठाइएको बताए ।

सुर्खेतमा १२ लाख मुल्यको अवैध सामग्री सहित तीन पक्राउ

वीरेन्द्रनगरबाट ब्राउन सुगरसहित दुईजना पक्राउ

सुर्खेतमा १२ लाख मुल्यको अवैध सामग्री सहित तीन पक्राउ

अवैध बाटोबाट क्रियाशील सदस्यता नदिन आग्रह

Leave a comment

Your email address will not be published. Required fields are marked *