जाजरकोट जुनीचाँदेका वडाध्यक्षले एक युवकलाई डोरीले बाँधेर कुटे [भिडियो]

जाजरकोट जुनीचाँदे गाउँपालिका– २ का वडा अध्यक्ष रामबहादुर नेपालीले एक युवकलाई डोरीले बाँधेर कुटपिट गरेका छन् ।

वडाध्यक्ष नेपालीले स्थानीय प्रेम दमाईमाथि कुटपिट गरेका हुन् । सोमबार वडाध्यक्ष नेपालीसँग दमाईले आफ्नो छोराले पाउने बाल पोषणको रकम माग गरेका थिए ।

त्यसपछि विवाद हुँदा नेपालीले दमाईमाथि कुटपिट गरेका हुन् । युवकलाई नाङ्गो बनाएर कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । उक्त भिडियो राख्दै वडाध्यक्षमाथि कारबाहीको माग गरिएको छ ।

जुनीचाँदे गाउँपालिका उपाध्यक्ष शिवा आचार्यले कानुनी राज्यको खिल्ली उडाउँदै कानुनलाई हातमा लिएर गरिब नागरिकका छोराछोरीमाथि कुटपिट गरी हात खुट्टा बाँधेर शक्ति देखाउने जनप्रतिनिधिमाथि कारबाही हुनुपर्ने बताइन् ।

वडा अध्यक्षले ती युवकमाथि किन कुटपिट गरेका हुन् खुल्न सकेको छैन । वडा अध्यक्ष नेपालीसँग सम्पर्क गर्दा फोन सम्पर्क हुन सकेन ।

https://www.facebook.com/permalink.php?story_fbid=2937351069812377&id=100006125388750

जाजरकोट जुनीचाँदेका वडाध्यक्षले एक युवकलाई डोरीले बाँधेर कुटे [भिडियो]

YUGAAWHAN NATIONAL DAILY (2078-04-19)

जाजरकोट जुनीचाँदेका वडाध्यक्षले एक युवकलाई डोरीले बाँधेर कुटे [भिडियो]

सुर्खेतमा ‘तपाईंको मास्क खै ?’ अभियान

1 Comment

  1. लाला बहादुर नाथ
    03rd Aug 2021 Reply

    मदिरा खायर तमसा देखाउने आमाबुवालाई कुट्टने समाजमा रफबोल्ने ढुङ्गामुडा गर्ने गाउमा आयका पाहुना बाट दादा भता उठाउने केही समयअगी सुईयाडा बसन्त स्टोरको गाडी फोड गर्दा रु ५००० मस कै अगाडी तीरेको छ। धनबीर शाही को पसल तोडने खशी तर्ने समाजमा गलत गर्ने बेमानलाई नीयनत्रण गर्ने वडा अध्क्षयलाई कारबाई बेमानको खेतीगर्नेलाई मुक्तीहुन्छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *