बहराइनमा अलपत्र परेका महिला श्रमिकलाई सम्पर्कमा आउन दूतावासको अनुरोध

काठमाडौं, ९ असोज ।

बहराइनमा कोरोना महामारीका कारण अलपत्र परेका महिला श्रमिकको उद्धार गरी पठाइने भएको छ । लामो समयदेखि अलपत्र परेका, हिंसाको उच्च जोखिममा रहेका र स्वास्थ्य समस्या रहेका नेपाली महिलालाई दूतावासले प्राथमिकिकरण गरी स्वदेश पठाउने भएकाले दूतावासमा सम्पर्क गर्न भनेको हो ।

यसरी प्राथमिकिकरण गरेर पठाउने क्रममा छुटेका महिलाको नाम थर, पासपोर्ट नम्बरसहित परेको समस्या खुलाएर दूतावासमा भोलि असोज १० गतेभित्र दूतावासमा सम्पर्क राख्न दूतावासले अनुरोध गरेको छ ।

यसरी अलपत्र परेका महिला श्रमिक बहराइनमा क्रियाशिल कुनै संघसंस्थाको सम्पर्कमा भएमा पनि दूतावासमा सम्पर्कमा ल्याइदिन भनिएको छ । कोरोना महामारीपछि अहिलेसम्म बहराइनबाट १२ सय ७५ जना स्वदेश फर्किएका छन् । विभिन्न समयमा अलपत्र नेपाली श्रमिकको उद्धारका लागि बहराइनमा चार्टर्ड उडान भइरहेको छ ।

उज्यालो अनलाइनबाट साभार

बहराइनमा अलपत्र परेका महिला श्रमिकलाई सम्पर्कमा आउन दूतावासको अनुरोध

यसरी हुन्थ्यो श्रद्धाको कारमा ड्रग्स सप्लाई, दिपिका

बहराइनमा अलपत्र परेका महिला श्रमिकलाई सम्पर्कमा आउन दूतावासको अनुरोध

नवजात शिशुको शव खोलामा भेटियो

Leave a comment

Your email address will not be published. Required fields are marked *