तरंगामा साढे १२ करोडको खानेपानी आयोजना निर्माण सुरु

सुर्खेत, ९ मंसिर ।
सुर्खेतको बराहताल गाउँपालिका–३ र ४ मा तरंगा खानेपानी तथा सरसफाई आयोजनाको शिलान्यास गरिएको छ । प्रदेश सरकारको करिव साढे १२ करोड लागत आनुमानमा निर्माण गर्न लागिएको उक्त आयोजना सोमवार कर्णाली प्रदेश सभाका सांसद बिन्दमान विष्टले शिलान्यास गरेका हुन् ।

३ वटा स्कीम अन्तर्गत निर्माण गरिने उक्त आयोजनाबाट बराहताल गाउँपालिका वडा नं. ३ का आंसिक र वडा नं. ४ का पुरै घरधुरी लाभान्वित हुने छन् । आयोजनाबाट ८३४ घरधुरीमा निजी धारा जडान गरिने खानेपानी, सिंचाइ तथा उर्जा विकास कार्यालयका इञ्जिनियर गोपालप्रसाद उपाध्यायले जानकारी दिए । शिलान्यास कार्यक्रममा बोल्दै प्रदेश सभा सांसद विष्टले वर्षाैदेखि यस क्षेत्रका बासिन्दाले भोग्दै आएको खानेपानीको समस्या यस आयोजनाबाट हल हुने बताउँदै आयोजना समयमै पुरा गर्न आफु लागि पर्ने बताए ।

आफ्नो क्षेत्रका आवश्यकताका बारेमा आफु जानकार रहेको भन्दै बिष्टले क्रमश ति आवश्यकता पुरा गर्दै जाने बचन दिए । यस्तै गाउँपालिका अध्यक्ष तेजबहादुर बस्नेतले यस क्षेत्रको विकासका लागि आफू लागि परेको भन्दै खानेपानीको सहज पहँुजबाट कोही पनि पछि नपरुन भनेर नै उक्त आयोजना निर्माण गर्न लागिएको बताए ।

कार्यक्रममा पूर्व संविधानसभा सदस्य नरबहादुर विष्ट, नेकपा बराहताल गाउँ कमिटी अध्यक्ष ओमबहादुर महतारा गाउँ कमिटी सचिव बलबहादुर कठायत, नेकपा ५ नं. वडा कमिटी सचिव अर्जुनकुमार बुचामगर लागायत लाभान्वित उपभोक्ताको उपस्थिती रहेको थियो प्रदेश सरकारको प्रत्यक्ष लगानीमा बन्न लागेको उक्र आयोजना यसै आव २०७७/०७८ मा निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएको इञ्जिनियर उपाध्यायले जानकारी दिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *