खानेपानीको अवस्था बारे अंकपत्रमार्फत मुल्यांकन

सल्यान, ६ पुस ।

खानेपानीको अवस्थाको बारेमा सल्यानको कपुरकोटमा अंकपत्र मार्फत मुल्यांकन गरिएको छ । सुशासनमा नागरिक सहभागिता कार्यक्रम अन्तर्गत सोमबार सेवा प्रदायक निकाय तथा सेवाग्राहीको तर्फवाट सामुदायीक अंकपत्र मार्फत अनुगमन एवम् मूल्यांकन गरिएको हो । सामुदायीक अंकपत्र कार्यक्रम मार्फत खानेपानीको पर्याप्तता, पहुँच, सुरक्षित खानेपानी तथा पानी उपभोग गर्दा हुन सक्ने विभेदका सन्दर्भमा स्थानीय तहका कर्मचाचरी र उपभोक्ताले मुल्यांकन गरेको दलित विकास समाज सल्यानका सामुदायीक सहजकर्ता विष्णु प्रसाद आचार्यले जानकारि दिए ।

कार्यक्रममा कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले खानेपानीको ब्यवस्थापन लगायत विभिन्न क्षेत्रमा समस्या देखिएमा गाउँपालिकामा जानकारि गराउन आग्रह गर्दै सेवा प्रवाहमा कुनै समस्या देखिएमा सुधार गर्ने प्रतिवद्धता जनाए । गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरले नागरिकहरु सचेत बनेर सेवा प्रदायक संस्थालाई गुणस्तरिय सेवा प्रवाहका लागि झकझकाइरहनु पर्नेमा जोड दिइन् । कार्यक्रममा गाउँपालिकाका रोजगार संयोजक विपना बुढा मगर, खानेपानी उपभोक्ताको तर्फबाट तिलसरी वोहोराले बोल्दै सचेतनाका कार्यक्रम नियमित हुनुपर्ने बताएका थिए ।

यसैबीच दलित विकास समाजद्वारा सञ्चालित सुशासनमा नागरिक सहभागिता कार्यक्रम अन्तर्गत परियोजना सल्लाहकार समितिको बैठक पनि सोमबार नै सम्पन्न भएको छ । कार्यक्रम अन्तर्गत सन २०२० मा संचालन गरेका गतिविधिहरुको समिक्षा गरिएको थियो । यस कार्यक्रम अन्तर्गत समुदायमा रहेका दालित, महिला, युवा, बालबालिका र जनजातीहरुको सहभागितामा सकारात्मक प्रभाव पारेको सहभागिहरुले बताएका थिए ।

खानेपानीको अवस्था बारे अंकपत्रमार्फत मुल्यांकन

सरकारले दूरगामी महत्वका काम गरेको छ :

खानेपानीको अवस्था बारे अंकपत्रमार्फत मुल्यांकन

YUGAAWHAN NATIONAL DAILY (2077-09-07)

Leave a comment

Your email address will not be published. Required fields are marked *