बौद्धको २० औ साधारणसभा जुम्लाबाट सुरु

जुम्ला, ६ पुस ।

बौद्ध ग्रामिण बहुउद्देश्यीय सहकारी संस्था लि को २० औ वार्षिक साधारण सभा अन्र्तेगत एकाइ नं १ को एकाइ भेला जुम्लामा सम्पन्न भएको छ । सहकारी मन्त्रालयले जारी गरेको साधारण सभा संचालन निर्देशिका र सहकारी नियम अनुसार एकाइ भेला मार्फत बार्षिक साधारणसभाका कार्यक्रमहरु संचालन गर्नु पर्ने भएकाले संस्थाले सदस्यहरुलाई सात इकाइमा विभाजन गरि कार्यक्रम गर्न लागेको हो ।

विश्व महामारीको रुपमा फौलिएको कारोना महामारीको जोखिमलाई ख्याल गर्दे संस्थाले यस बर्षको साधारण सभा कार्यक्रम भर्चुअल माध्यमबाट सचालन गरेकोे छ । शाखा कार्यालय चन्दननाथ जुम्लामा आवद्ध सदस्यहरुलाई भर्चुअल माध्यम फेसबुक,जुम लगायतमा सहभागी गराइएको सेवा केन्द्र जुम्लाका प्रबन्धक बसन्त उपाध्यायले बताउनु भएको छ ।

संस्थाका सचिव पासाङ महत्तराले संस्थाको चालु आर्थिक वर्षको १ अर्ब ९८ करोड ७८ लाख बराबरको संशोधित बजेट पेश गर्नु भएको छ । यसैगरि संस्थाका प्रमुख कार्यकारी अधिकृत बिशाल के.सीले जुम्लाको पातारासी गाउपालिकामा संस्थाको नया शाखा कार्यालय संचालन आज बाटै गरेको बताउनु भएको टछ ।

कार्यक्रममा संस्थाको लघुवित्त कार्यक्रम तर्फ उत्कृष्ट कारोबार गर्ने प्रथम ,दोस्रो र तेस्रो केन्द्रहरु,उत्कृष्ठ बचतकर्ता,असल ऋणी तथा उत्कृष्ठ लघुउद्यमी सदस्यलाई पुरस्कृत समेत गरिएको छ । कार्यक्रम जिल्ला सहकारी संघ जुम्लाका अध्यक्ष पदम बहादुर महतको प्रमुख आतित्थता तथा संस्थाका कार्यबाहक अध्यक्ष सिंंह बहादुर गुरुङ्गको अध्यक्षतामा सम्पन्न भएको हो ।

बौद्धको २० औ साधारणसभा जुम्लाबाट सुरु

संसद विघठन

बौद्धको २० औ साधारणसभा जुम्लाबाट सुरु

टिकटक बनाउँदा झोलुङ्गे पुलबाट खसेका युवकको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *