अव्यवस्थित विद्युतीय तारका कारण दैनिक घटना बढ्न थाले

दुर्गा विसी ।

सल्यान, ४ असोज ।

सल्यान सल्लिबजारमा अव्यवस्थित विद्युतीय तार तान्नाले दैनिक घटना बढ्न थालेको छ । जथाभावी विद्युतीय तार तान्ने क्रम बढेपछि स्थानीयलाई विद्युतीय करेन्ट लाग्ने क्रम बढेको छ । गत वर्ष सल्लिबजारको माथिल्लो बजारका गौरव बस्ने घरको छतमा खेल्ने क्रममै करेन्ट लागेको थियो उनको अवस्था अहिले पनि नाजुक छ ।

करेन्ट लागे पछि ठुलो रकम खर्चेर उनको ज्यान बचे पनि उनी अपांग अवस्थामा जिउनु परेको छ । त्यस्तै केही दिन सल्लिबजारकै गोविन्द होटलकी चन्द्रकला बस्नेतलाइ पानी भर्ने क्रममै विद्युतीय करेन्ट लागेको थियो । उनको अवस्था पनि गम्भीर भए पछि उपचारका लागि नेपालगन्ज लिएर उपचार पछि उनको अहिले समान्य रहेको छ । आज विहानै घर पछाडि करेसावारीमा जाने क्रममा गणेश भाडा पसलका प्रो प्राइटर गणेश वुढाथोकीलाइ विद्युतीय करेन्ट लागेको छ ।

११ केभीको वितरण लाइन काम गर्दै गर्दा छुन पुगे पछि करेन्ट लागेको हो। उनको दुईवटै खुट्टामा करेन्ट लागेको छ। बुढालाइ पनि उपचारका लागि नेपालगञ्ज लगिएको छ । काम गर्ने क्रममा लाइन छोएपछि अचानक करेन्ट लागेको थियोे । सल्लिबजारमा अव्यवस्थित विद्युतीयकरण भएको कुरा विद्युतीय कार्यालय सल्लिवजारले जनाएको छ । प्रासारण लाइन भन्दा घरहरु माथि छन् । जस्ले गर्दा काम गर्दा, बच्चाबच्चि खेल्दा लाइन छुने भएका कारण दिनुह यस्ता खाले घटनामा वृद्धि हुने थालेको छ । उक्त लाईन हटाउनका लगि पहल भैरहेको सल्लिवजार नो लाइट शाखा प्रमुख लोकमान शाक्यको भनाइ छ ।

अव्यवस्थित विद्युतीय तारका कारण दैनिक घटना बढ्न थाले

टिकटकबाट कलाकार छान्दै प्रियंका

अव्यवस्थित विद्युतीय तारका कारण दैनिक घटना बढ्न थाले

पछिल्लो २४ घण्टामा थप १ हजार ३

Leave a comment

Your email address will not be published. Required fields are marked *