बजेट भाषण गरेवापत दुई लाखसम्म भत्ता !

सुर्खेत, ५ साउन ।

कर्णालीका स्थानीय तहमा कसरी आर्थिक अनियमिता भइरहेको छ भन्ने विषय जनप्रतिनिधिले उपभोग गरेको सुविधाबाटै पुष्टि हुन्छ । यहाँका केही स्थानीय तहका जनप्रतिनिधिले गाउँ तथा नगरसभामा बार्षिक बजेट भाषण गरेवापत २५ हजारदेखि दुई लाख रुपैयाँसम्म भत्ता लिएको खुलेको छ ।

सबैभन्दा बढी सुविधा लिनेमा जुम्लाका जनप्रतिनिधि छन् । जुम्लाको पातारासी गाउँपालिकाका अध्यक्ष लक्ष्मण बोहोराले बजेट भाषण गरेवापत दुई लाख रुपैयाँ लिएको पाइएको छ । त्यस्तै जुम्लाकै चन्दननाथ नगरपालिकाका उपप्रमुख अप्सरादेवी न्यौपानेले एकलाख र तातोपानी गाउँपालिका उपाध्यक्ष पुन्नकला महत्तराले ९५ हजार रुपैयाँ लिएका छिन् ।

त्यस्तै बजेट भाषण गरेवापत नै दैलेखको भैरबी गाउँपालिकाका उपाध्यक्ष पदमकुमारी विष्टले एकलाख, गुराँसका उपाध्यक्ष दीपा विसीले ५० हजार र डुङ्गेश्वर गाउँपालिकाकी उपाध्यक्ष सीता ज्ञवालीले २५ हजार भत्ता लिएका छन् । प्रदेशसभाले स्वीकृत गरेको ऐनमा बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरे बापत पारिश्रमिक पाउने व्यवस्था छैन । यसकारण पनि उक्त सुविधा गैरकानुनी लिएको भन्दै अशुलउपर गर्नुपर्ने महालेखाले औल्याएको छ ।

बजेट भाषण गरेवापत दुई लाखसम्म भत्ता !

कानुनविपरित दोहोरो सुविधा

Leave a comment

Your email address will not be published. Required fields are marked *