मालपाेतकाे सेवा प्रवाह पालिका अनुसार बार ताेकियाे

सुर्खेत, २१ मंसिर ।

मालपोत कार्यालय सुर्खेतले कोभिड–१९ को महामारीलाई मध्यनजर गर्दै कार्यालयमा हुने भिडभाडलाई कम गर्न स्थानीय तह अनुसार सेवा प्रवाह गर्ने दिने/बार ताेकिएकाे छ । मालपाेत कार्यालयकाे सेवा प्रवाहका विषयमा निरन्तर खबरदारी भएपछि सेवा प्रभावकारी बनाउँदै मालपाेतमा हुने भीडभाड कम गर्न सेवालाई निम्न समय अनुसार गर्न सुचना प्रकाशित गरेको छ । मालपोत कार्यालय सुर्खेतले एक सुचना प्रकाशित गरी आइतवारदेखि लागु हुने गरी स्थानीय तहहरुकाे  सेवा प्रवाह हुने बार र समय तोकेको हो । कार्यालयमा हुने भीडभाड र कोभिड–१९ लाई मध्येनजर गर्दै स्थानीय तह अनुसार हुने सेवा प्रवाहका लागि समय तोकिएको हो ।

सुचनामा प्रत्येक हप्ताको आइतवार र सोमवार चौकने गाउँपालिका, लेकबेशी नगरपालिका, पञ्चपुरी नगरपालिका, भेरीगंगा नगरपालिका, बराहताल गाउँपालिका र चिंगाड गाउँपालिकाकाे लागि सेवा प्रवाह गर्ने दिन भार ताेकिएकाे छ । यस्तै, मंगलवार, बुधवार, विहीवार र शुक्रवार वीरेन्द्रनगर नगरपालिका सुर्खेतका सेवाग्राहीकाे लागि काम हुने कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया