मालपोत कार्यालय भष्टाचारको आहाल

सुर्खेतको मालपोत कार्यालय भष्टाचारको आहाल हो भन्ने कुरा मालपोतको कम्पाउण्डसँग जोडिया सिडिओ कार्यालयदेखि करिब दुईसय मिटरको दुरियाँ रहेको अख्तियारको अफिसलाईसमेत था छ । तर के गर्नु ? यिनी कार्यालयका कारिन्दाहरुनी कमिसनको भागबण्डा भागिदार भएर हो कि किन हो कुन्नि ? यी दुईटै अड्डाले मालपोतको बेथितिबारे कैल्यै चासो लिन्नन् ।

कार्यालय समय बेगर नी दलाल र कर्मचारीको मिलेमतोमा जग्गापास हुने गर्या कुरा सबैलाई था छ । ऐले त झन् सुर्खेताँ महिला हाकिम हुनुहुन्छ क्यारे । अनि महिलाको नेतृत्वाँ चल्या अफिसाँ भष्टाचार हुन्न भन्ने मानसिकताले हामी गाँज्जियाछम् । अनि त्यही मौका छोपेर कर्मचारी र दलालले मालपोताँ दाइँ हाल्नसम्म हाल्याछन् । जग्गाँ किनबेचाँ भष्टाचार मात्रै हो र ? त्याँभित्र गैरकानुनस् रुपाँ कर्मचारी र दलालले ककसका जग्गा पो बेचेका छन् । ती कुराको पोल त झन् भविष्याँ खुल्दै जाला । किनभने सुर्खेत मालपोत हाकिम र कर्मचारीको मिलोमताँ योभन्दा अघि नी धेरैका जग्गा किनबेच भा छन् ।

ओली सरकार जतिजति भष्टाचार भा छैन भनेर गला फाँडेर कराउँदैछ, त्यति त्यति भष्टाचारका श्रृङखला बढदै गा छन् । भष्टाचारको सफाया गर्ने ठेक्का ल्या सुर्खेतका अख्तियारका स्वाँठहरु दिनभरि अफिसाँ के गरेर बस्छन कुन्नि ? हुन त ती बिचराहरको नि केही दोष छैन ! आखिर तिनरुनी त सरकारी कर्मचारी हुन् । उनरुनी काँट भष्टाचारको कुरो आउँछ र भागबण्डा मिलाउन दलाल पठामला भनेर दलाल पर्खेर बस्या हुन्छन् । अनि उनरले भष्टाचारीलाई समाएनन् भनेर गुनासो गरेर नि क्यार्ने हो र ! त्यसैले सेवाग्राहीलाई सेवा दिने जुनसुकै कार्यालयका कर्मचारी र दलालहरुबीचको सम्बन्ध यति कसिलो हुन्छ कि त्यल्लाई टुटाउन जो तोहिले सक्दैन ।

अँझ सुर्खेतका जस्ता जग्गा दलाल र मालपोतका कर्मचारीको त झन् कुरै नगरम । आखिर उनरुनी पहुँचविना सिडिओ र अख्तियारको मुख्खैमा बसेर धन्दालाई त्यस्सै त निरन्तरता देका छैनन् होला । त्यसैले भष्टाचारी माथि हुने भन्ने कुरालाई तपसिलाँ राखेर यिनरलाई कलमका माध्यमले नंग्याउनलाई पछि पर्न चाइँ हुन्न है । आजै कारबाही नभए नी कुनै न कुनैदिन जनताका नी दिन आउलान् नी । त्यसबेलाँ यिनलाई खोजीखोजी पाता फर्काएर जनताले नै देको नी त देख्न सकिन्छ । त्यसैले सुर्खेतका सिडिओ साप हौकी, अख्तियारका प्रमुख हौ । रमिता त हेर । तर जनता आँशुले तिमरलाई नपोलोस् । त्यसो त सिडिओ र मालपोतका हाकिम दुबै जना लोकलै परे क्यारे । मालपोताँ जतिसुकै भष्टाचार भाछ भनेर मिडियाले लेखेनी दुइटै हाकिमले भा छैन भनेर चिच्याकल्लो गरेछि यी सम्चाराँ आ कुरा कल्ले पत्याउने ? त्यसैले अब लुट्न सके लुट कान्छा भन्ने, बस्ने त होलानी ।

वेदर्षि

तपाईको प्रतिक्रिया