ब्रेकिङ : कर्णालीका थप दुईमा पीसीआर पाेजेटिभ, अन्तिम परीक्षण गर्न नेपालगंज पठाइयो

सुर्खेत, १० जेठ ।
कर्णाली प्रदेशमा थप दुई जनामा कोरोना संक्रमण देखिएको आशंका गरिएको छ । भारतबा मजदुरी गरी विहिबार बबई नाकाबाट कर्णालीभित्रका मध्येका २ जनाको पिसिआर रिपोर्टमा कोरोना भएको आशंका गरिएको हो । बबई नाका भएर कर्णाली भित्रने करिव ८ सय भन्दाबढी नागरिकको रयापिट टेष्ट गरिएको थियो । रयापिट टेष्टबाटमा १५ जनाको पोजेटिभ रिपोर्ट आएपछि उनीहरुको पिसिआर गरिएको थियो । पिसिआर गरिएका मध्ये २ जनाको रिपोर्टमा आशंका गरिएको नागरिक  दैनिकका पत्रकार नगेद्र उपाध्यायले स्राेतलाइ उदृत गर्दै जानकारी दिनुभएकाे छ ।

पिसिआर रिपोर्टमा समेत पोजेटिभ देखिएपछि पुनःपरीक्षणका लागि दुई जनाको स्वाव पुन: संकलन गरी नेपालगंज पठाइएको छ । शुक्रबार साँझनै पठाइएको पिसिआरको अन्तिम रिपोर्ट शनिबार दिउँसोसम्म सार्वजनिक हुने स्रोतले जानकारी दिएको छ । सुर्खेतको परिक्षणबाट पिसिआर पोजेटिभ देखिएका एक महिला र एक पुरुषलाई शुक्रबारदेखिनै आइसोलेसनमा राखेर उपचार भैरहेको जनाइएको छ ।

दश घण्टामा दुइ हजार भित्रिए
भारतमा सार्वजनिक यातायात र रेलसेवा सञ्चालन भएपछि हजारौं नागरिकहरु घर फर्कन थालेका छन् । बिहीबार मात्रै दुइ हजारभन्दा बढी नागरिक कर्णालीमा भित्रिएका छन् । आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायाले दिएको जानकारीअनुसार बबई नाकाबाट मात्रै झण्डै दुइहजार नागरिक भित्रिएका छन् ।

उनकाअनुसार सुर्खेतका चारसय ९७, दैलेखका आठसय २९, सल्यानका चारसय ५८, कालिकोटका ५४, जाजरकोटका ८१ र जुम्लाका ११ जना कर्णालीमा भित्रिएका हुन् । त्यस्तै सल्यानको कपुरकोटबाटसमेत थप ५८ जना नागरिकहरु जिल्ला भित्रिएको सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी नारायण लामिछानेले जानकारी दिए । भारतबाट कर्णाली भित्रिएकालाई सम्बन्धित जिल्ला पठाउन बिहीबार मात्रै ४९ वटा बसहरु प्रयोग गरिएका छन् । जसमा सुर्खेतमा १२, सल्यानमा १९, कालिकोटमा २३, जाजरकोटमा दुई र जुम्लामा एकवटा बसमा सम्बन्धित जिल्लामा पठाइएको हो ।

रोकथामको तयारी सुस्त
भारतमा रेल सेवा सुरु भएसँगै त्यहाँबाट कर्णालीबासी आउनेक्रम सुरु भएको छ । रोजगारीका लागि भारतमा रहेका र लकडाउनका कारण समस्या उत्पन्न भएपछि ठूलो संख्यामा कर्णालीबासी स्वदेश फर्कन थालेका छन् । लकडाउन थपिदैं गएका कारण भारतबाट मात्रै कर्णालीमा करिव २७ हजार नागरिक गाउँ फर्कने अनुमान प्रदेश सरकारले गरेको छ ।

भारतबाट ठूलो संख्यामा मानिसहरु आउने तयारी गरिरहँदा कर्णालीमा भने तयारी सुस्त देखिएको छ । हालसम्म दश हजार आठसय ८० वटा मात्रै क्वारेन्टाइन निर्माण गरिएको छ । यसले भारतबाट आउनेहरुलाई थेग्न सक्ने अवस्था छैन । आन्तरिक मामिला तथा कानून मन्त्रालयको तथ्याङ्क अनुसार बिहीबारसम्म प्रदेशभर दशहजार आठसय ८० बेड मात्रै क्वारेन्टाइन तयारी अवस्थामा छन् ।

स्थानीय तहले क्वारेन्टानइन निर्माणमा ढिलासुस्ती गरेका कारण क्वारेन्टाइनको संख्या बढाउन नसकिएको मन्त्रालयले जनाएको छ । भारतबाट आउनेहरुसँगै कोरोना पनि भित्रिने जोखिम धेरै छ । तर सोहीअनुसार न क्वारेन्टाइन थपिएका छन्, न त परीक्षणको दायरा नै बढाइएको छ । तयारी व्यवस्थित नहुँदा अवस्था भयाभह हुने देखिएको छ । अर्कोतर्फ प्रदेश र स्थानीय तहबिच समन्वय प्रभावकारी नहुँदा थप जटिलता पैदा भएको छ ।

तपाईको प्रतिक्रिया