भूकम्पपीडित किशोरीमाथि कुटपिटपछि बलात्कार, आरोपीविरुद्ध अदालतमा मुद्दा

गत १८ कात्तिक राति गएको भूकम्पले घर भत्किएपछि जाजरकोटको नलगाड नगरपालिकाकी किशोरीको बास त्रिपालमुनि भयो । ठूली आमाको परिवारसँगै बसेकी उनी २६ कात्तिक राति नजिकैको चौरमा बलात्कृत भइन् । बलात्कार अभियोगमा २१ वर्षीय गोपाल वादी पक्राउ परे । घटनाको अनुसन्धान गरेर प्रहरीले बुझाएको प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालय जाजरकोटले जिल्ला अदालतमा शुक्रबार गोपालविरुद्ध अभियोगपत्र दायर […]

नेविसंघ कैलालीद्वारा जाजरकोटका भूकम्प प्रभावित विद्यार्थीलाई सहयोग हस्तान्तरण

नेपाली कांग्रेस निकट विद्यार्थी संघ नेपाल विद्यार्थी संघ (नेविसंघ) कैलालीले जाजरकोटका भूकम्प प्रभावित विद्यार्थीहरुलाई सहयोग गरेको छ । नेविसंघ कैलालीका अध्यक्ष मनिष कुँवरको नेतृत्वमा जाजरकोट पुगी त्यहाँका भूकम्प प्रभावित विद्यार्थीहरुलाई राहत सामग्री वितरण गरिएको हो । नेविसंघ कैलालीले राहतमा विद्यार्थीहरुका लागि न्यानो कपडा र झोला वितरण गरेको छ । भूकम्प प्रभावितहरुलाई सानो भएपनि सहयोग होस् […]

जाजरकोटमा नेविसंघले बनायो अस्थायी विद्यालय

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले जाजरकोटमा पठनपाठनका लागि अस्थायी विद्यालय बनाएको छ । भूकम्प प्रभावित जाजरकोटस्थित भेरी त्रिवेणी माविमा ६ कोठे अस्थायी विद्यालय निर्माण गरिएको नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले बताए । नेविसंघले श्रमदान गरी विद्यालयका लागि टहरा बनाएको हो । उनले भने, ‘हामीले अस्थायी विद्यालय भवन बनाउनुका साथै शैक्षिक र खेलकुदका सामग्री पनि […]

भूकम्पपीडितका लागि २२ करोड बजेट निकासा

सल्यानमा कायम भएका एक हजार चार सय ८५ लाभग्राहीसहित जाजरकोटका लाभग्राहीका लागि भने रकम निकासा गर्न बाँकी रहेको छ ।

जाजरकोटमा भूकम्पपीडित एक हजार ७६ जना सुत्केरी त्रिपालमुनि

यसमा जोखिम जनसंख्या २२ हजार दुई सय ६ रहेको जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा उल्लेख छ ।

भूकम्प प्रभावितमा बढ्न थाल्यो मानसिक तनाव

बाहिर केही आवाज आयो कि उनी तर्सिने मात्र होइन, सुतिरहेको त्रिपालभित्रैबाट ‘भूकम्प आयो’ भन्दै चिच्याएर भाग्न खोज्छिन् ।

भूकम्प: रुकुम पश्चिममा मृतकका परिवारले पाए नगद

कुल ४७ जना मृतक परिवारले यसअघि नै नगद प्राप्त गरे पनि कागजात मिलाउन बाँकी सात जना मृतकका परिवारले नगद प्राप्त गरेका हुन् ।

प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा नेपाल बैंकको ५० लाख आर्थिक सहयोग

नेपाल बैंकसञ्चालक समितिका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीले बालुवाटारमा सोमवार आयोजित एक कार्यक्रममा ५० लाखकोे चेक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष हस्तान्तरण गरे ।

चिसोबाट २५ वर्षिय सुत्केरीको मृत्यु

उनी सुत्केरी भएको करिब महिना दिन हुन लागेको जनाइएको छ । स्थानीय टेकबहादुर नेपालीले चदाराको गए राति चिसोबाट मृत्यु भएको जानकारी दिए ।

रुकुम पश्चिम माओवादी शर्माको ‘कमान्ड’मा पुनःनिर्माणमा खट्यो

माओवादी जिल्ला कमिटी बैठकले सिङ्गो पार्टी कमिटीलाई स्वयंसेवकका रूपमा रूपान्तरण गरिएको हो ।

टेलिकमको ‘नमुना सेवा’ शुुरु

नेपाल टेलिकमको केन्द्रीय कार्यालयका प्रबन्ध निर्देशक सङ्गीता पहाडीको नेतृत्वमा भूकम्प प्रभावित क्षेत्रमा अनुगमनलगत्तै टावर सञ्चालनको तयारी थालिएको हो ।

देउसीभैलो खेलेर जम्मा भएको रकम भूकम्प प्रभावितलाई

तिहारमा देउसी खेलेर सङ्कलन भएको ५५ हजार पाँच सय ५५ रुपैयाँ भूकम्पप्रभावितलाई प्रदान गरिएको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए ।