देशैभर पाठ्यपुस्तक पुगेको जनक शिक्षा सामग्री केन्द्रको भनाइ
जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक पुगेको जनाएको छ । २०८१ को शैक्षिक सत्रको शुरुवातमै देशभर पाठ्यपुस्तक पु¥याएको केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले जानकारी दिए । गएको चैत १६ गतेदेखि केन्द्रले आफ्ना सात वटै प्रादेशिक कार्यालय, देशभरका वितरण केन्द्र एवम् डिपो र एक हजार दुई सय ६७ वटा स्थानीय बिक्रेतामार्फत् पुस्तक पु¥याएको उनले बताए […]




